यूरोपेली संघद्वारा अमेरिकाले एयरबसमाथि लगाएको अतिरिक्त कर हटाउन माग
एजेन्सी । एयरबस कम्पनीले विश्व स्वास्थ्य सङ्गठनको आदेशको पालना गरिरहेको अवस्थामा संयुक्त राज्य अमेरिकाले एयरबसमाथि अतिरिक्त कर नउठाउन यूरोपेली आयोगले माग गरेको छ । आयोगका व्यापार आयुक्त फिल होगनले भने, “यूरोपेली उत्पादनहरूमा नाजायज कर उठाउने अमेरिकी निर्णय इयूलाई स्वीकार्य छैन । अमेरिकाले अन्यायपूर्ण रूपमा शुल्कहरू उठाइरहेको र यसलाई तुरून्त हटाउनुपर्छ ।”
महामारीका कारण कम्पनीलाई आर्थिक समस्या भएको भन्दै एयरबसले विश्वभरबाट हजारौँ कर्मचारी हटाउन लागेका समाचारहरू आएका समय यूरोपेली आयोगले अमेरिकाद्वारा प्रसिद्ध यूरोपेली विमान निर्माता कम्पनीसँग उठाउने गरेको करबारे आवाज उठाएको हो ।
युरोपियन विमान कम्पनी एयरबसमा हजारौँ रोजगारीका अवसर कटौतीको बिषयलाई लिएर यूरोपेली मुलुकहरूमा यससँग आवद्ध कर्मचारीहरू आन्दोलित बनेका छन् । कम्पनीले महामारीका कारण कर्मचारी कटौती गर्नुपर्ने अवस्था आएको बताएको छ । यद्यपि, सयौं रोजगारी कटौती गर्ने घोषणा यूरोपमा महामारी शुरू हुनुभन्दा पहिले फेब्रुअरीमा गरिएको थियो । तर कोरोनाभाइरस महामारीले कम्पनी निकै प्रभावित बनेपछि जुनको अन्त्यमा घटाउने पदहरूको सङ्ख्या दोब्बर हुने घोषणा गरिएको छ ।
जुनको अन्त्यमा एयरबसले विश्वभर आफ्ना १५ हजार कर्मचारीलाई कटौती गर्ने योजना बनाइरहेको बताएको थियो भने यसमध्ये स्पेनमा ८८९ कर्मचारी हटाउने एयरबसले जनाएको छ । एयरबसले महामारीको प्रतिक्रियास्वरूप कूल जनशक्तिको ११ प्रतिशत कर्मचारीलाई घटाउन लागेको बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण