सुदूरपश्चिममा थप २१ जनामा कोरोना पुष्टि
कैलाली – सुदुरपश्चिम प्रदेशमा शनिबार गरिएको परिक्षणमा थप २१ जनामा कोरोना पुष्टि भएपछि संकृय संक्रमित संख्या १ हजार ७६१ पुगेको छ । शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालाबाट १ र डडेल्धुरा प्रयोगशालाबाट थप २० जना कोरोना पुस्टी भएपछि सकृय संक्रमितको संख्या १ हजार ७६१ पुगेको हो ।
कंचनपुरमा १ पुरुष , डोटी ७ पुरुष, ६ महिला, डडेल्धुरा ४ पुरुष, र बैतडीमा ३ जना पुरुषमा संक्रमण पुस्टी भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।
यसअघि ८ जना संक्रमितको मृत्यु भइसकेको छ । प्रदेशमा हालसम्म ३० हजार ९५६ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २६ हजार ८९१मा नेगेटिभ आएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्रीले रातोपाटीलाई जानकारी दिए ।
३ हजार ३६७ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २३ हजार ५६२ जनामा परिक्षण गरिएको छ ।
हालसम्म फेला परेका संक्रमितहरु अछामका ६३७, बैतडीका ३०३, बझाङ्गका १७१ ,बाजुरा ४४६, डडेल्धुराका २९५, दार्चुलाका २०, डोटीका ६०५ , कैलालीका १०७५ र कंचनपुरका ५१३ गरि ४ हजार ६५ रहेका छन । जस्मा महिला ९५७ , पुरुष ३ हजार १०८ रहेका छन । क्वारेन्टिाईनमा ३ हजार ५०७ पुरुष र १ हजार १८९ महिला रहेका छन । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १४ र संक्रमित ५६ गरी ७० जनाको उपचार भइरहेको छ ।
७६९ जना भने सामान्य उपचार पछि घर गइसकेका छन् ।
टिकापुरमा२३ , महाकालीमा १८, अछाममा १०, डोटी २, र मालाखेती अस्पतालमा ३ जना संक्रमितको उपचार भइरहेको उनले बताए ।
बाँकीको भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भइरहेको स्वास्थ्य महाशाखा प्रमुख काक्रीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण