पूनम पाण्डेले प्रेमी स्याम बम्बेसँग गरिन् इन्गेजमेन्ट, हेर्नुहोस् तस्बिर
मोडल–नायिका पूनम पाण्डेले आफ्ना प्रेमीसँग इन्गेजमेन्ट गरेकी छिन् । स्यामले इन्स्टाग्राम अकाउन्टमा इन्गेजमेन्टको औंठी लगाएको पूनम सिंहसँगको फोटो साझा गरेका छन् । यतिमात्रै होइन, पूनमले यसमा आफ्नो प्रतिक्रिया दिँदै इन्गेजमेन्टको खबर पुष्टि गरेकी छिन् ।
स्यामले फोटो पोस्ट गर्दै लेखे, ‘अन्त्यमा हामीले यो गरेरै छोड्यौं ।’ यसमा पूनमले पनि प्रतिक्रिया दिँदै लेखिन्, ‘उत्कृष्ट अनुभव ।’
यो बाहेक उनीहरुले अन्य केही जानकारी दिएका छैनन् । तर औंठी देखेर उनीहरुका प्रशंसकले उनीहरुलाई इन्गेजमेन्टको बधाई दिइरहेका छन् । प्रशंसकले खुसी हुँदै उनीहरुको खुसी जीवनको कामना गरेका छन् ।
मे महिनामा स्याम र पूनममाथि लकडाउन नियम उल्लंघन गरेको भन्दै मुम्बई प्रहरीले उनीहरुलाई जरिवाना तिराएको थियो । यी दुई लकडाउनका बेला ड्राइभमा निस्किएका थिए ।
यद्यपि, पूनमले यो खबर अस्विकार गरेकी थिइन् । उनले इन्स्टाग्राममा एउटा भिडियो सेयर गर्र्दै आफूलाई पक्राउ गरिएको भन्ने समयमा आफू घरमा नै फिल्म हेरेर बसेको स्पष्टिकरण दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण