शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बाजुरामा हवाई सेवा पुनः सञ्चालन

सोमबार, १२ साउन २०७७, ०९ : ०६
सोमबार, १२ साउन २०७७

बाजुरामा हवाई सेवा पुनःसञ्चालनमा आएको छ ।  वर्षाका कारण साँफे मार्तडी सडकदेखि जिल्लाका अन्य ग्रामीण सडक पूर्णरुपमा बन्द भएका छन् । 

गत चैत ११ गतेदेखि आन्तरिक उडान बन्द गरेका हवाई सेवा कम्पनीले जिल्लामा उडान पुनःसञ्चालन गरेका छन् । सरकारको मापदण्ड पूरा गरी केही दिनदेखि उडान शुरु भएको नागरिक उड्डयन कार्यालय कोल्टीले जनाएको छ ।

कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले आरडिटी  अनिवार्य गरेर मास्क, पञ्जालगायत स्वास्थ्य सुरक्षाका प्रयोग गरी उडान शुरु गरिएको बताए । 

आगामी दिनमा पनि सम्पूर्ण सुरक्षा प्रक्रिया पूरा गरेर बाजुराबाट यात्रुलाई नेपालगञ्ज र सुर्खेत पठाइने बडिमालिका एयर कार्गो सेवा राजा एयरपोट प्रतिनिधि ज्ञानु बमले जानकारी दिए । 

बाढीपहिरोका कारण सडक मार्ग अवरुद्ध भइरहेका बेला हवाई सेवा पुनः सञ्चालन हुने देखिएपछि नागरिक  खुशी भएका छन् । कोरोना सङ्क्रमणबाट बच्न आवश्यक सुरक्षाका उपाय अपनाएर हवाई सेवा पुनःसञ्चालन भएको र फेरि पनि सुरक्षाका उपायमा  हेलचक्राइँ गर्न नहुने स्वास्थ्यकर्मीको भनाइ छ । विशेष गरेर प्रसूति र अन्य बिरामीलाई  सहज हुने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप