बाजुरामा हवाई सेवा पुनः सञ्चालन
बाजुरामा हवाई सेवा पुनःसञ्चालनमा आएको छ । वर्षाका कारण साँफे मार्तडी सडकदेखि जिल्लाका अन्य ग्रामीण सडक पूर्णरुपमा बन्द भएका छन् ।
गत चैत ११ गतेदेखि आन्तरिक उडान बन्द गरेका हवाई सेवा कम्पनीले जिल्लामा उडान पुनःसञ्चालन गरेका छन् । सरकारको मापदण्ड पूरा गरी केही दिनदेखि उडान शुरु भएको नागरिक उड्डयन कार्यालय कोल्टीले जनाएको छ ।
कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले आरडिटी अनिवार्य गरेर मास्क, पञ्जालगायत स्वास्थ्य सुरक्षाका प्रयोग गरी उडान शुरु गरिएको बताए ।
आगामी दिनमा पनि सम्पूर्ण सुरक्षा प्रक्रिया पूरा गरेर बाजुराबाट यात्रुलाई नेपालगञ्ज र सुर्खेत पठाइने बडिमालिका एयर कार्गो सेवा राजा एयरपोट प्रतिनिधि ज्ञानु बमले जानकारी दिए ।
बाढीपहिरोका कारण सडक मार्ग अवरुद्ध भइरहेका बेला हवाई सेवा पुनः सञ्चालन हुने देखिएपछि नागरिक खुशी भएका छन् । कोरोना सङ्क्रमणबाट बच्न आवश्यक सुरक्षाका उपाय अपनाएर हवाई सेवा पुनःसञ्चालन भएको र फेरि पनि सुरक्षाका उपायमा हेलचक्राइँ गर्न नहुने स्वास्थ्यकर्मीको भनाइ छ । विशेष गरेर प्रसूति र अन्य बिरामीलाई सहज हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण