दुई पटक ओस्कर जितेकी अभिनेत्री ओलिविया डी हेविल्याण्डको १०४ वर्षमा निधन
हलिउड अभिनेत्री तथा दुई पटक ओस्कर पुरस्कार बिजेता ओलिविया डी हेविल्याण्डको १०४ वर्षको उमेरमा निधन भएको छ ।
न्यूयोर्ककी प्रचारक लिजा गोल्बर्गले हेविल्याण्डको आइतबार बेलुका पेरिसस्थित आफ्नो घरमा निधन भएको जानकारी दिइन् । उनी ओस्कर पुरस्कार बिजेता जोन फोंटेनकी बहिनी थिइन् ।
हेविल्याण्ड ‘गन विद विन्ड’ मा देखिएकी थिइन् । यो फिल्म सन् १९३९ मा रिलिज भएको थियो । उनी यो फिल्मको अन्तिम जीवित कलाकार थिइन् ।
आफ्नो ६ दशकको करियरमा हेविल्याण्डले विभिन्न भूमिका निभाइन् । उनी स्टुडियो युगकी अन्तिम कलाकारमा समावेश थिइन् ।
हेविल्याण्डको जन्म सन् १९१६ जुलाईमा टोकियोस्थित ब्रिटिश पेटेन्ट अटोर्नीमा भएको थियो । उनी तीन वर्षकी हुँदा उनका आमा–बुवा अलग्गिएका थिए ।
उनकी आमाले उनी र उनकी बहिनी जोनलाई क्यालिफोर्निया ल्याइन् । हेविल्याण्डले दुई विवाह गरेकी थिइन् तर दुबै पटक उनको सम्बन्धविच्छेद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण