चिनियाँ डाक्टरले भने, ‘ऊहानले जानकारी लुकायो’
सोमबार, १२ साउन २०७७, १२ : ५३
चीनमा कोरोनाबारे सुरुमै पहिचान गर्नेमध्ये एक डाक्टरले स्थानीय अधिकारीले सुरुवाती संख्या लुकाएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
प्राध्यापक क्वांक–युग युनले ऊहानभित्र अनुसन्धान गर्न मद्दत गरेका थिए । उनले त्यहाँ प्रमाण लुकाइएको र क्लिनिकल फाइन्डिङ रेस्पोन्सको गती पनि कम गरेको बताएका छन् ।
भाइरस हुनान मार्केटबाट फैलिएको मान्यता राखिन्छ तर प्राध्यापक युनका अनुसार अनुुसन्धानकर्ता उक्त मार्केटमा पुग्दा स्थानीय प्रशासनले उक्त इलाकालाई पहिले नै डिसइन्फेक्ट गरिसकेको पाइएको थियो । कोरोना भाइरसको उत्पत्तिको महत्वपूर्ण प्रमाण मेटिएको थियो ।
उनका अनुसार सबैभन्दा महत्वपूर्ण समय त जनवरीमा नै बितिसकेको थियो किनभने त्यतिबेलासम्म प्रशासनले भाइरस मानिसबाट मानिसमा सर्छ भनेर स्विकार गरेकै थिएन ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण