मावली बस्दै आएकी किशोरी १५ दिनदेखि बेपत्ता
इलाम । माई नगरपालिकाकी एक किशोरी १५ दिनदेखि बेपत्ता भएकी छन् । झापाको विर्तामोडमा मामामाइजूसँग बस्दै आएकी १६ वर्षीया अनस्का राई नामकी बालिका बेपत्ता भएकी हुन् । गत असार २९ गतेबाट इलामको तीनघरे हिँडेकी बालिका बेपत्ता बनेकीले खोजी गरिदिन सबैतिर आग्रह गरिएको बालिकाका मामा दिलीप राईले जानकारी दिए । परिवारको सम्पर्कमा नआएपछि आफन्तको तिर पनि खोजी गरिएको र फेला पार्न नसकिएको राईले बताए । बालिका झापाको ब्राइट इङ्गलिस विद्यालयमा कक्षा १० मा अध्ययन गर्दै रहेकी थिइन् ।
क्यान्सर पीडितको उपचारार्थ सहयोग
फाकफोकथुम गाउँपालिका–७ एकतप्पा निवासी वीरबहादुर श्रेष्ठको उपचारका लागि ‘एकतप्पा समाजसेवा झापा’ले रु ५० हजार प्रदान गर्ने भएको छ । लामो समयदेखि मुखमुनि (च्युँडो) मा घाउ भएर क्यान्सर भएका श्रेष्ठलाई नवगठित संस्था ‘एकतप्पा समाजसेवा झापा’ले प्रदान गर्ने भएको हो ।
केही दिनअघि श्रेष्ठको उपचारकै लागि फाकफोकथुमकै एक युवाले रु ५० हजारसमेत सङ्कलन गरेर प्रदान गरेका थिए । आर्थिक स्थिति कमजोर भएका श्रेष्ठको उपचारका लागि सबैलाई आर्थिक सहयोग गर्नसमेत आग्रह गरिएको छ । श्रेष्ठको उपचारकै लागि करीब रु १२ लाख आवश्यक पर्ने भएको तर आर्थिक स्थिति कमजोर हुँदा सङ्कलनकै भरमा रकम जम्मा गर्नुपर्ने बाध्यता रहेको दाहालले बताए ।
उपचारका लागि देश तथा विदेशमा रहेका नेपालीबाट रकम जुट्दै रहेकोसमेत दाहालले बताए । क्यान्सर पीडित श्रेष्ठको हाल पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण