दाङमा १५ किलो चरेशसहित ६ जना पक्राउ
सोमबार, १२ साउन २०७७, १८ : ४०
बुटवल । दाङको घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कबाट १५ किलो चरेशसहित ६ जना पक्राउ परेका छन् । ५ नं.प्रदेश प्रहरी ब्युरोबाट खटिएको प्रहरी टोलीले नयाँ बसपार्कमा रहेको रोल्पा नुवागाउँ होटलबाट १५ के.जी. लागुऔषध चरेससहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी निरिक्षक प्रमोदकुमार क्षेत्रीको टोलीले बाँके नेपालगञ्ज उ.म.न.पा. २५ बस्ने वर्ष ४० का सन्तोष गुरुङ, रोल्पाको रोल्पा नपा–१० बस्ने वर्ष २२ का आकाश विक, सोही ठाउँ बस्ने २२ वर्षीय जितकुमार विक, थवाङ गापा–५ बस्ने वर्ष ४० की कमला घर्तीलाई पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गापा ४ बस्ने वर्ष ४५ की जुनु बुढा र २८ वर्षीय डिल बहादुर विक समेत रहेको प्रहरीले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय, दाङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण