गुगलले भन्यो, ‘अर्को वर्ष जूनसम्म घरमै बसेर काम गर्नेछन् हाम्रा कर्मचारी’
मङ्गलबार, १३ साउन २०७७, ०९ : १२
गुगलले आफ्ना कर्मचारी अर्को वर्षको जूनसम्म घरमा नै बसेर काम गर्ने जानकारी दिएको छ । यसअघि कम्पनीले आफ्ना कर्मचारी यस वर्षको अन्त्यसम्म कार्यालय फर्कने बताएको थियो ।
तर अब कम्पनीका प्रमुख सुन्दर पिचाईले एक इमेलमा उनका यस्ता कर्मचारी जो अफिस आउन आवश्यक छैन, उनीहरु अर्को वर्षको मध्यसम्म घरमा नै बसेर काम गर्नसक्ने बताएका छन् ।
संसारभरी गुगलका २ हजार कर्मचारी छन् । गुगलले मे मा आफूले जूनसम्म विभिन्न स्थानका आफ्ना कार्यालय पुनः खोल्न सुरु गर्ने बताएको थियो ।
यसका साथै गुगलले कम्पनीका धेरैजसो कर्मचारी यो वर्षको अन्त्यसम्म घरमा नै बसेर काम गर्ने सम्भावना रहेको बताएको थियो ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण