गुगलले भन्यो, ‘अर्को वर्ष जूनसम्म घरमै बसेर काम गर्नेछन् हाम्रा कर्मचारी’
मङ्गलबार, १३ साउन २०७७, ०९ : १२

गुगलले आफ्ना कर्मचारी अर्को वर्षको जूनसम्म घरमा नै बसेर काम गर्ने जानकारी दिएको छ । यसअघि कम्पनीले आफ्ना कर्मचारी यस वर्षको अन्त्यसम्म कार्यालय फर्कने बताएको थियो ।
तर अब कम्पनीका प्रमुख सुन्दर पिचाईले एक इमेलमा उनका यस्ता कर्मचारी जो अफिस आउन आवश्यक छैन, उनीहरु अर्को वर्षको मध्यसम्म घरमा नै बसेर काम गर्नसक्ने बताएका छन् ।
संसारभरी गुगलका २ हजार कर्मचारी छन् । गुगलले मे मा आफूले जूनसम्म विभिन्न स्थानका आफ्ना कार्यालय पुनः खोल्न सुरु गर्ने बताएको थियो ।
यसका साथै गुगलले कम्पनीका धेरैजसो कर्मचारी यो वर्षको अन्त्यसम्म घरमा नै बसेर काम गर्ने सम्भावना रहेको बताएको थियो ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने