पचासी प्रतिशतले बुझे दोस्रो किस्ता
काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म निजी आवास पुनःनिर्माणमा जम्मा ८५ प्रतिशतले मात्र दोस्रो किस्ता बुझेको पाइएको छ । सो अवधिमा दोस्रो किस्ता बुझेकामध्ये जम्मा ७६ प्रतिशतले मात्र तेस्रो किस्ता बुझिसकेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तथ्याङ्कअनुसार जम्मा लाभग्राहीमध्ये ९९ प्रतिशतले मात्र पहिलो किस्ता बुझेका छन् ।
त्यसैगरी विद्यालयको पुनःनिर्माणतर्फ ७४ प्रतिशत प्रगति छ । देशका अति प्रभावित १४ जिल्लाका कूल सात लाख २८ हजार २४३ लाभग्राहीमध्ये एक लाख १८ हजार ३२९ कोे घर निर्माण सम्पन्न भइसकेको छ । सिन्धुपाल्चोक, रसुवा, दोलखा र नुवाकोटमा सबैभन्दा बढी पुनःनिर्माणको काम पूरा भएको प्राधिकरणले जनाएको छ ।
कोभिड–१९ पछिको बन्दाबन्दीलगायत अन्य विविध कारणले गर्दा सोचेबमोजिम तोकिएको समयमा काम पूरा नहुने प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले बताए । “प्राधिकरणको विनियममा काम पूरा नभएको अवस्थामा थप एक वर्ष थप्ने भन्ने प्रावधान छ, सो बमोजिम समायावधि थपिन पनि सक्छ”, उनले भने । विसं २०७२ को भूकम्पपछि त्यही वर्ष पुस १० गते प्राधिकरणको गठन भई लाभग्राहीको तथ्याङ्क सङ्कलन गरी रकम वितरणको काम शुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण