सुनील थापालगायतका नेताहरु काँग्रेस प्रवेश गर्दा सानेपामा जे देखियो (फोटोफिचर)
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा पञ्चायतकालका हस्ती सूर्यबहादुर थापाका छोरा तथा पूर्वमन्त्री सुनील थापासहितका १४ नेता काँग्रेसमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेमा उनीसहित रामकृण भट्टराई , विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारत शाह, सुरेश बस्ने, प्रतिमा राणा श्रेत्री, टिकाजंग थापा, नारायण राउत र ईन्द्रबहनदुर तामाङ रहेका छन। उनीहरुसँगै ३१ नेताले राप्रपा परित्याग गरेको भएपनि कोरोनाको महामारीका कारण सबै काठमाडौ आउन सम्भव नभएकाले आज १४ नेता मात्रै पार्टी प्रवेश गरेका हुन् ।
अन्य नेता कार्यकर्ता जिल्लाबाटै प्रवेश गर्ने काँग्रेस बताइएको छ । आज पार्टी प्रवेश गर्नेसबैलाई पार्टी कार्यालय सानेपामा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको सदस्यता प्रदान गरेका छन् भने उपसभापति बिमलेन्द्र निधिले पार्टीमा स्वागत गरे ।
यस्तै नवप्रवेशीलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले माला लगाएका थिए ।
तस्बिरहरु : कृष्ण खड्का


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण