नेटवर्किङ व्यापारबारे अध्ययन गर्न संसदीय उपसमिति गठन
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ व्यापारबारे अध्ययनका लागि एक समिति गठन गरेको छ ।
सरकारले नेटवर्किङ व्यापारका लागि स्विकृति दिन थालेपछि समितिमा उजुरी परेको थियो । बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट मन्त्रालयका सचिव लगायतलाई समितिले यसबारे छलफलका लागि बोलाएको थियो ।
छलफलका क्रममा अधिकांश सांसदले नेटवर्किङ व्यवसाय बन्द गर्न माग गरेपछि समितिले समितिका सदस्य सोमप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति बनाएको छ । समितिमा पाण्डेसहित प्रकाश रसाइली, अमृतादेवी अग्रहरी, सरितादेवी गिरी र कृष्ण कुमार श्रेष्ठ सदस्य रहेको समितिका सभापति विमल श्रीवास्तवले जानकारी दिए ।
यो समितिलाई वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४, अनुसार व्यवसाय गर्ने अनुमति पाएका ७ वटा नेटवर्क व्यवसाय गर्ने कम्पनी लगायतको अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ ।
बैठकमा उद्योग मन्त्री लेखराज भट्ट तथा मन्त्रालयका सचिवले वस्तुको प्रत्यक्ष बिक्री ऐन अनुसार हुने नेटवर्क व्यवसाय पहिलाको जस्तो ठगी हुने पिरामिड आकारमा सदस्य बनाएर व्यापार गर्ने पद्धति नभएको दावी गरे ।
तर बैठकमा सहभागी सम्पूर्ण सांसदहरुले भने नेटवर्किङ व्यापार ठगी गर्ने नयाँ शैलीमा आएको भन्दै त्यसलाई बन्द गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण