बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेटवर्किङ व्यापारबारे अध्ययन गर्न संसदीय उपसमिति गठन

बिहीबार, १५ साउन २०७७, १५ : ११
बिहीबार, १५ साउन २०७७

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ व्यापारबारे अध्ययनका लागि एक समिति गठन गरेको छ । 
सरकारले नेटवर्किङ व्यापारका लागि स्विकृति दिन थालेपछि समितिमा उजुरी परेको थियो । बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट मन्त्रालयका सचिव लगायतलाई समितिले यसबारे छलफलका लागि बोलाएको थियो । 

छलफलका क्रममा अधिकांश सांसदले नेटवर्किङ व्यवसाय बन्द गर्न माग गरेपछि समितिले समितिका सदस्य सोमप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति बनाएको छ । समितिमा पाण्डेसहित प्रकाश रसाइली, अमृतादेवी अग्रहरी, सरितादेवी गिरी र कृष्ण कुमार श्रेष्ठ सदस्य रहेको समितिका सभापति विमल श्रीवास्तवले जानकारी दिए । 

यो समितिलाई वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४, अनुसार व्यवसाय गर्ने अनुमति पाएका ७ वटा नेटवर्क व्यवसाय गर्ने कम्पनी लगायतको अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ ।

बैठकमा उद्योग मन्त्री लेखराज भट्ट तथा मन्त्रालयका सचिवले वस्तुको प्रत्यक्ष बिक्री ऐन अनुसार हुने नेटवर्क व्यवसाय पहिलाको जस्तो ठगी हुने पिरामिड आकारमा सदस्य बनाएर व्यापार गर्ने पद्धति  नभएको दावी गरे । 
तर बैठकमा सहभागी सम्पूर्ण सांसदहरुले भने नेटवर्किङ व्यापार ठगी गर्ने नयाँ शैलीमा आएको भन्दै त्यसलाई बन्द गर्न माग गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप