विध म्यानेजमेन्टद्वारा संचालित ल्यावले सुरु गर्यो पीसीआर परिक्षण सेवा
ललितपुर । ललितपुरको कुपण्डोल स्थित विध म्यानेजमेन्टद्वारा संचालित कोभिड–१९ ल्यावले आजबाट कोभिड १९को परिक्षण सुरु गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९को पीसीआर परिक्षण गर्न नीजि प्रयोगशालाहरुलाई सरकारले अनुमति दिएसँगै कोभिड–१९ ल्यावले सेवाको सुरुवात गरेको हो ।
आरटी–पीसीआर परिक्षण सरकारले आफ्नो मातहतको प्रयोगशालाहरुबाट गर्दै आइरहेको र परिक्षणको दायरा फराकिलो पार्नु पर्ने मागलाई दृष्टिगत गरी सरकारले नीजि क्षेत्रबाट संचालन हुने प्रयोगशालामा समेत परिक्षणको व्यवस्था मिलाएको थियो ।
यस महामारीमा परिक्षणको दायरा फराकिलो पारी छिटो भन्दा छिटो संंक्रमणको पहिचान गर्ने सरकारको यस अभियानमा साथ दिनको लागि कोभिड–१९ ल्याबबाट परिक्षण सुरु गरेको विध म्यानेजमेन्टले जनाएको छ ।
यस ल्यावको दैनिक चार हजार भन्दा बढि नमुना परिक्षणको रिपोर्ट उपलब्ध गराउन सकिने क्षमता रहेको विधले जनाएको छ । त्यसैगरी, यस ल्यावले पीसीआर परिक्षण शुल्क चार हजार पाँच सय तोकेको छ ।
कोभिड–१९ को परिक्षणको लागि जनतालाई छिटो छरितो एवं सर्वसुलभ सेवा उपलब्ध गराउने सरकारको प्रयासमा यथासम्भवसहयोग पुर्याउन विध म्यानेजमेन्ट तयार रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण