शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

बिहीबार, १५ साउन २०७७, १६ : ०६
बिहीबार, १५ साउन २०७७

मुग्लिन । पहिराका कारण अवरुद्ध पृथ्वीराजमार्ग  दुईतर्फी  सञ्चालनमा  आएको  छ । अविरल वर्षासँगै  सो राजमार्गअन्तर्गत  चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा बिहान ८ः५५ बजेदेखि  सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।  
 
एक्साभेटर लगाएर पहिरो हटाएपछि अहिले सडक पूर्णरुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । बिहान निरन्तर पानी परेकाले पहिरो हटाउन समय लागेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप