भारतसँग देखिएको सीमा विवाद वार्ता र संवादका माध्यामबाट समाधान गर्नुपर्छः डा.भट्टराई
लहान । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले छिमेकी मुलुकबाट व्यावसायिक फाइदा लिएर मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन् । सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले सो कुरा बताएका हुन् ।
नेता भट्टराईले छिमेकी तथा मित्रराष्ट्रलाई चिड्याएर मुलुक समृद्ध बन्न नसक्ने बताए । भारतसँग पछिल्लो समय देखिएको सिमा विवादलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्नेमा उनले जोड दिए । उनले छिमेकीलाई चिड्याएर होइन्, उनीहरुसँग मित्रवत व्यवहार देखाउनुपर्ने बताए ।
उनले वर्तमान कम्यूनिष्ट सरकार भ्रष्टाचारीहरुको संरक्षक बनेको आरोप समेत लगाए । नेता भट्टराइले भ्रष्टाचारका काण्डै–काण्डका मतियारहरुलाई सरकारले संरक्षण गरेको आरोप समेत लगाए । उनले भने, ‘विश्वनै अहिले कोभिड १९ को महामारीमा छ, यस्तो बेलामा पनि सरकारले भष्टचारीहरुकै संरक्षण गरिरहेको छ ।’ नेता भट्टराइले प्रधानमन्त्री ओलीका कार्यशैलीले संघियता धरापमा परेको समेत बताए ।
जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले छिमेकी तथा मित्रराष्ट्रको विषयमा सधैँ चिड्याउने ढङ्गले उटपट्याङ बोल्ने गरेकाले परराष्ट्र सम्बन्ध नै बिग्रिन थालेको आरोप लगाए । पूर्वसञ्चारमन्त्री राजकिशोर यादव, प्रदेश नं २ का आर्थिक मामिला तथा कानूनमन्त्री विजयकुमार यादव लगायतले छिमेकी देशसँगको सम्बन्धलाई सहज बनाउनुपर्नेमा जोड दिए । विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्तालाई पूर्वप्रधानमन्त्री डा.भट्टराई, अध्यक्ष यादव लगायतले पार्टी प्रवेश गराएका थिए ।
कोरोनाको प्रवाह नगरी कार्यक्रम
प्रदेश २ मा कोरोनाको बिरामी बढिरहेको बेला त्यसको बेवास्ता गर्दै सयौंको संख्यामा कार्यकर्ता भेला परेर कार्यक्रम आयोजना गरिएको थियो । सरकारले भीड जम्मा हुने कुनै पनि कार्यक्रम नगर्न गराउन पटक–पटक निर्देशन दिदैं आएको भएपनि यहाँ ठूलो संख्यामा कार्यकर्ता भेला गराएर पार्टी प्रवेश गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण