त्रिवि परीक्षा : स्नातक तहको परीक्षा सुरु हुनुभन्दा ३० दिन र स्नातकोत्तरको २० दिन पहिले सूचित गरिने
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले कोराना भाइरस (कोभिड–१९)का कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि केही समय पर्खने भएको छ ।
यस क्रममा विश्वविद्यालयले हालको परिस्थितिमा सुधार हुँदै गएमा र कुनै विषम परिस्थिति सिर्जना नभएको अवस्थामा स्नातक तहको भदौ अन्तिम हप्ता र स्नातकोत्तर तहको भदौ तेस्रो साताबाट परीक्षा लिने तयारी भइरहेको जनाएको छ ।
यसअघि सरकारले भदौ १ बाट कक्षा सञ्चालन, शैक्षिक गतिविधि एवं परीक्षा सञ्चालनका लागि बाटो खोलेपछि भदौ पहिलो साताबाट स्थगित परीक्षा लिने घोषणा विश्वविद्यालयले गरेको थियो ।
तर, त्रिविको परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरी स्नातक तहको परीक्षा सुरु हुनुभन्दा ३० दिन पहिले र स्नातकोत्तर तहका हकमा २० दिने पहिले सूचित गरिने जानकारी दिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण