त्रिवि परीक्षा : स्नातक तहको परीक्षा सुरु हुनुभन्दा ३० दिन र स्नातकोत्तरको २० दिन पहिले सूचित गरिने
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले कोराना भाइरस (कोभिड–१९)का कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि केही समय पर्खने भएको छ ।
यस क्रममा विश्वविद्यालयले हालको परिस्थितिमा सुधार हुँदै गएमा र कुनै विषम परिस्थिति सिर्जना नभएको अवस्थामा स्नातक तहको भदौ अन्तिम हप्ता र स्नातकोत्तर तहको भदौ तेस्रो साताबाट परीक्षा लिने तयारी भइरहेको जनाएको छ ।
यसअघि सरकारले भदौ १ बाट कक्षा सञ्चालन, शैक्षिक गतिविधि एवं परीक्षा सञ्चालनका लागि बाटो खोलेपछि भदौ पहिलो साताबाट स्थगित परीक्षा लिने घोषणा विश्वविद्यालयले गरेको थियो ।
तर, त्रिविको परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरी स्नातक तहको परीक्षा सुरु हुनुभन्दा ३० दिन पहिले र स्नातकोत्तर तहका हकमा २० दिने पहिले सूचित गरिने जानकारी दिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवकलाई खुकुरी प्रहार गरेको आरोपमा ९ जना पक्राउ
-
अमेरिकामा आँधीका कारण चार जनाको मृत्यु
-
न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड
-
संसद्मा गृहमन्त्री लामिछानेलाई बोल्न दिन कांग्रेससँग राप्रपाको माग
-
चिप्स खाने च्यालेन्जमा किशोरको मृत्यु
-
संसद् भवन अगाडि गृहमन्त्रीको विरोधमा नेविसंघको प्रदर्शन, ११ जना पक्राउ (तस्बिरहरू)