शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

शहरी विकास मन्त्रालयका सचिवलाई कोरोनाको आशंका, विकास समितिको बैठक स्थगित

शुक्रबार, १६ साउन २०७७, १५ : २४
शुक्रबार, १६ साउन २०७७

काठमाडौं । शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई कोरोना संक्रमण भएको आशंका गरिएपछि संसदको विकास तथा प्रविधि समितिको बैठक स्थगित गरिएको छ । आइतबारको लागि बोलाइएको समितिको बैठक स्थगित गरिएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

सभापति खड्काले भनिन्, ‘आइतबार शहरी विकास मन्त्रालयलाई बोलाएर छलफल गर्ने कार्यक्रम तय भएको थियो, तर सचिवज्युलाई कोरोना संक्रमणको आशंका भएकोले बैठक स्थगित भएको छ ।’ खड्काले सचिव अधिकारी केही दिन आइसोलेसनमा बस्नुपर्ने हुनसक्ने भएकोले बैठक स्थगित भएको बताइन् ।

उता, शहरी विकास मन्त्रालयका एक कर्मचारीले सचिव अधिकारीलाई कोरोना संक्रमण भएको भन्ने सुन्नमा आएको बताए । उनले सचिव अधिकारीको स्वाव संकलन भैरहेको समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप