शहरी विकास मन्त्रालयका सचिवलाई कोरोनाको आशंका, विकास समितिको बैठक स्थगित
शुक्रबार, १६ साउन २०७७, १५ : २४
काठमाडौं । शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई कोरोना संक्रमण भएको आशंका गरिएपछि संसदको विकास तथा प्रविधि समितिको बैठक स्थगित गरिएको छ । आइतबारको लागि बोलाइएको समितिको बैठक स्थगित गरिएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् ।
सभापति खड्काले भनिन्, ‘आइतबार शहरी विकास मन्त्रालयलाई बोलाएर छलफल गर्ने कार्यक्रम तय भएको थियो, तर सचिवज्युलाई कोरोना संक्रमणको आशंका भएकोले बैठक स्थगित भएको छ ।’ खड्काले सचिव अधिकारी केही दिन आइसोलेसनमा बस्नुपर्ने हुनसक्ने भएकोले बैठक स्थगित भएको बताइन् ।
उता, शहरी विकास मन्त्रालयका एक कर्मचारीले सचिव अधिकारीलाई कोरोना संक्रमण भएको भन्ने सुन्नमा आएको बताए । उनले सचिव अधिकारीको स्वाव संकलन भैरहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण