सङ्कलित आँखाका नानी प्रयोग हुन सकेनन्
काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पछिको बन्दाबन्दीको अवधिमा समेत आँखाका नानी निरन्तर रूपमा सङ्कलन भइरहेका छन् तर यातायातको असुविधाले सङ्कलन भएका नानी प्रत्यारोपण गर्न माग भएका स्थानमा पु¥याउन सम्भव हुन सकेको छैन ।
नेपाल आँखा बैङ्क तीलगङ्गाका निर्देशक शङ्खनारायण त्वयनाका अनुसार तीलगङ्गामै आएका दृष्टिविहीनमा नानी प्रत्यारोपण गरिएको छ । बुधबार नेपाल आँखा अस्पतालमा एउटा नानी दिन सकिएको छ । उनका अनुसार बन्दाबन्दीका बेला पनि शवबाट महिनामा १२ वटा जति नानी सङ्कलन भए ।
उपत्यकाका विभिन्न अस्पताल, विद्युतीय शवदाह गृह र आर्यघाटको परम्पराका चितामा आएका शवबाट नानी सङ्कलन हुने गरेको छ । आर्यघाटमा शवदाह गर्ने मजदुर चन्द्र ढकालका अनुसार शव जलाउने सबै मजदुरले शव जलाउनुअघि नानी प्रत्यारोपण गर्न दान दिन मलामीलाई आग्रह गर्दै आएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण