टिकटकले भन्यो, ‘हामी अझै लामो समयसम्म अमेरिकामा बस्नुपर्नेछ’
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोसल मिडिया एप टिकटकलाई देशमा प्रतिबन्ध गरिदिने चेतावनी दिएपछि अमेरिकामा टिकटककी जनरल म्यानेजर वेनेसा पापाजले अझै लामो समयसम्म अमेरिकामा बस्नुपर्ने बताएकी छिन् ।
एक भिडियो सन्देशमा वेनिसा पापजले टिकटक प्रयोगकर्तालाई कम्पनीका कर्मचारीले सुरक्षित मोबाइल एप बनाएको जानकारी दिएकी छिन् ।
यसअघि ट्रम्पले यो मोबाइल एपले मानिसहरुको नीजि जानकारी जम्मा गर्ने गरेको र आफूले एक्जिक्यूटिव अर्डर जारी नगरिकनै यसमाथि प्रतिबन्ध लागू गर्ने बताएका थिए ।
टिकटकले एपमाथि चिनियाँ नियन्त्रण रहेको भन्ने आरोप अस्विकार गरेको छ ।
अमेरिकामा हरेक महिना करिब ८ करोड मानिसले यो मोबाइल एपको प्रयोग गर्ने गर्छन् । र अमेरिकाको यो कदम टिकटकको निर्माता कम्पनी बाइटडान्सका लागि सनकै ठूलो झट्का साबित हुनसक्ने बताइएको छ ।
ट्रम्पले कुन अधिकारले टिकटकमाथि प्रतिबन्ध लगाउने, प्रतिबन्धलाई कसरी लागू गर्ने, प्रतिबन्धलाई कसरी लागू गर्ने र प्रतिबन्धलाई कानूनी रुपमा चुनौती दिन सकिन्छ भन्ने बारे कुनै स्पष्ट जानकारी छैन ।
अमेरिकामा टिकटककी जनरल म्यानेजर वेनेसा पापाजले मानिसहरुले एपको समर्थन गरिरहेको आफूलाई महसुस भएको बताएकी छिन् ।
उनले भनिन्, ‘हामी कतै जाने योजना बनाइरहेका छैनौं ।’ डेटा सिक्योरिटीको मुद्दामा उनले भनिन्, ‘यो मामिलामा कम्पनीले आफ्नो काम जिम्मेवारीपूर्वक गरिरहेको छ ।’
उनले भनिन्, ‘यदि कुरा सुरक्षाको उठ्छ भने हामीले असाध्यै सुरक्षित एप बनाइरहेका छौं किनभने हामीलाई राम्रोसँग थाहा छ कि हामी के गरिरहेका छौं । हामी यहाँ लामो समयसम्म बस्नुपर्नेछ । तपाईंहरु हाम्रो समर्थन जारी राख्नुहोस्, आउनुहोस् सबै टिकटकको समर्थन गरौं ।’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण