तेजविलासको हाइकु संग्रह ‘उच्छलन’ प्रकाशित
काठमाडौं । साहित्यकार उपप्राध्यापक तेजविलास अधिकारीले लेखेको हाइकु संग्रह ‘उच्छलन’ प्रकाशित भएको छ । नेपाली समाजभित्र रहेका विकृति, विसंगति, बेथिति, भ्रष्टाचार लगायत समसामयिक राजनीति, समाज, प्रकृति, राष्ट्रप्रेम तथा सीमान्तकृत समूदायको भावना समेटिएका हाइकु संग्रहमा संग्रहित छन् ।
संग्रहमा रहेका अधिकांश हाइकुले मानव, समाज, प्रकति, राजनीति लगायतका पाटालाई कलात्मक रुपमा चित्रण गरेको पाइन्छ । तार्किक र मननयोग्य तरिकाले लेखिएका हाइकुले नेपाली समाजको गति र दिशालाई समेत उधिनेको पाइन्छ । साथै समाजको रुप र त्यसको मनोविज्ञानलाई अधिकारीले सटिक रुपमा हाइकुमार्फत बाहिर ल्याएका छन् ।
समाजभित्रका विभिन्न परिवेशले आफूलाई हाइकु लेख्न अभिप्रेरित गरेको हाइकुकार तेजविलास अधिकारीले बताए । उनले भने, ‘समसामयिक परिदृश्य र त्यसको समाजमा परेको प्रतिछायाँ हाइकुका विषय बनेर आएका छन् । समग्र भन्नुपर्दा संग्रहमा नेपाली समाजको चित्रलाई उधिन्ने कोशिस गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण