अगष्ट ११ पछि लाग्ने जरिवाना मिनाहा गर्न युएईसँग नेपालको अनुरोध
युएई-आउँदो अगष्ट ११ पछि टुरिष्ट भिसा अवधि सकिएका नेपालीहरुलाई लाग्ने जरिवाना मिनाहा गर्न युएई सरकारलाई युएईस्थित नेपाली दूतावासले अनुरोध गरेको छ।
युएई सरकारले आउँदो १२ अगष्ट देखि टुरिष्ट भिसा अवधि सकिएको बिदेशी नागरिकको हकमा जरिबाना लाग्ने नयाँ नियम ल्याएसँगै दूतावासले यस्तो अनुरोध गरेको हो।
नेपाल पत्रकार महासंघ युएई शाखा र नेपाली दूतावास युएई बीच आइतवार भएको भर्चुवल बैठकमा अगस्ट ११ पछि पनि कम्तिमा ३ महिना सम्म एम्नेस्टी थप गर्नको लागि अनुरोध गरिएको युएईकालागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले बताए।
युएई सरकारको नयाँ नियम अनुसार युएईमा रहेका हजारौं नेपाली समस्यामा पर्ने बताएईको छ।युएईमा रहेका घर फर्कन चाहने नेपालीहरुको पछिल्लो दूतावासको तथ्याङ्क हेर्ने हो भने चालीस हजार भन्दा बढि नेपाली स्वदेश फर्कन चाहान्छन्। फर्कन चाहानेहरु संख्या अझै बढ्ने अनुमान छ।
जसमध्य फारम भर्ने संख्याको २५ प्रतिशत नेपालीहरु नेपाल फर्किसकेका छन्।भने बाँकी युएईमा नै अलपत्र अवस्थामा छन्।
यो नयाँ नियमले सबैभन्दा धेरै टुरिष्ट भिसामा युएई आएका नेपालीहरु जरिवानाको मारमा पर्ने देखिन्छ।टुरिष्ट भिसाको हकमा मार्च १ तारिक भिसा अवधि सकिएकाले डिपोटेशन सेन्टरमा गई औठा छाप र आँखा इस्क्यान गर्ने र अध्यागमनमा प्रवेश फि ४ सय दिर्हाम अर्थात (१३ हजार रुपैयाँ) बुझाउनु पर्ने हुन्छभने मार्च १ पछाडि भिसा सकिएकाहरुले प्रवेश फि मात्र बुझाए पुग्छ।
तर भिसा समाप्त भएका सबैले जरिबाना बापत ३ सय दिर्हाम अर्थात करिब(१० हजार रुपैयाँ) र १२ अगष्ट देखि दैनिक एक सय दिर्हाम जरिबाना तिर्नु पर्ने हुन्छ।
अन्य कम्पनीले भिसा क्यान्सिल गरिदिएकाहरुको हकमा गत जुलाई १२ देखि नै जरिवाना सुरु भैसकेको छ।मार्च १ तारिक अधिनै आवासीय भिसा अवधि सकिएको हकमा जुलाईको १२ बाट जरिवाना लाग्ने र मार्च १ पछाडि आवासीय भिसा अवधि सकिएकाले आउँदो अक्टोबर १० तारिकसम्म भिसा नवीकरण गर्नु पर्ने वा युएई छोड्नुपर्ने हुन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु