मन्त्रिपरिषद् बैठक बस्दै, कोरोनाबारे महत्त्वपूर्ण निर्णय हुनसक्ने
काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्दै छ । सोमबार साँझ ५ बजेपछिका लागि बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार आजको बैठक नियमित भएपनि कोरोनाको विषयमा थप छलफल गरी महत्त्वपूर्ण निर्णय हुन सक्छ । पछिल्लो समय उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या थपिएसँगै अब कसरी अघि बढ्ने भन्नेबारे गम्भीर छलफल गरेर निर्णयमा पुगिने ती मन्त्रीको भनाइ छ । यसका लागि सीसीएसीको बैठकमा पनि आवश्यक छलफल भएको र मन्त्रिपरिषद्मा थप छलफल गरेर टुंगोमा पुगिने उनको भनाइ छ ।
सरकारले हाल लकडाउन खोलिसकेको अवस्थामा फेरि लकडाउन गर्ने या अन्य मोडल अपनाउने भन्नेबारे बहस हुँदै आएको छ । यसअघि लकडाउन खोल्दैमा असन्तुष्टि जनाएका केही विज्ञहरुले पुनः लकडाउन गरिनुपर्ने धारणा राख्दै आएका छन् ।
सरकारले लकडाउन खोलेसँगै भदौ १ गतेदेखि विद्यालय तथा हवाइ उडान सञ्चालनमा ल्याउने यसअघि नै घोषणा गरिसकेको छ भने अन्य सबैजसो सेवाहरु पनि खुलिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण