क्यालिफोर्नियाको जंगलमा तिव्र गतिमा फैलिँदै डढेलो, सुरक्षित रहन सर्वसाधारणलाई आह्वान
एजेन्सी । अमेरिकाको क्यालिफोर्नियाको जंगल क्षेत्रमा भीषण (डढेलो) आगलागी भएको छ । शुक्रबारदेखि लागेको आगो तिव्र गतिमा फैलिरहेको बताइएको छ । जंगलमा लागेको उक्त ढढेलोलाई एप्पल फायर नाम दिइएको छ । आइतबारसम्म उक्त ढढेलो २० हजार एकड जंगल क्षेत्रमा फैलिसकेको छ । डढेलोका कारण सो क्षेत्रमा थुप्रै इलाकाहरुमा तापमान बढेको छ ।
क्यालिफोर्नियाको डढेलो नियन्त्रण विभागलाई सर्वसाधारणहरुलाई सुरक्षित स्थानमा गएर बस्न आह्वान गरेको छ । डढेलो फैलिएसँगै ८ हजारभन्दा बढी व्यक्तिले घर छोडिसकेका छन् । क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा यसको धेरै असर देखिएको छ । डढेलो नियन्त्रणको टोली आगो नियन्त्रणका लागि जुटिरहेको छ । त्यसका लागि १३ सयभन्दा बढी फायर फाइटर्सहरु जुटिरहेका छन् ।
सन् २०१९ मा पनि क्यालिफोर्नियाको जंगल क्षेत्रमा ८५ वर्षयताकै सबैभन्दा ठूलो डढेलो लागेको थियो । त्यसबेला ३१ जनाको ज्यान समेत गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण