१४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ
गोरखामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।
जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।
आफ्नै वडाभित्रकी एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा अनुसन्धानका लागि वडाध्यक्ष रानाभाटलाई पक्राउ गरिएको उनले बताए । “पीडित बालिकाका आफन्तले दिएको उजुरीका आधारमा उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो”, प्रहरी उपरीक्षक अधिकारीले भने, “पक्राउ परेका रानाभाटविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।”
पक्राउ परेका वडाध्यक्ष रानाभाटले यसअघि पनि पटकपटक पीडित बालिकालाई बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ ।
वडाध्यक्ष रानाभाटलाई नियन्त्रणमा लिन पालुङटार क्षेत्रमा साँझ ठूलो सङ्ख्यामा प्रहरी परिचालनसमेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा मालदिभ्सका विदेश मन्त्री, सुध्रिएला सम्बन्ध ?
-
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त, आजै शपथ
-
पाकिस्तानको ग्वादरमा आतङ्कवादी हमला, सात मजदुरको मृत्यु
-
कोशीको मुख्यमन्त्री नियुक्तिका लागि ५२ जनाकै सनाखत
-
लन्डन आएर पनि ह्यारीले राजा चार्ल्सलाई नभेट्ने
-
सहकारी समस्या समाधानका विषयमा हामी प्रष्ट छौँ : प्रमुख सचेतक पाण्डे