दार्चुलामा ८० वर्षीया वृद्धाको शव फेला, हत्या आशंकामा छोरा पक्राउ
बिहीबार, २२ साउन २०७७, ११ : ०५
काठमाडौँ । दार्चुलाको दुहुँ गाउँपालिका–३ ब्रम्हदेवकी एक वृद्धा मृत फेला परेकी छन् । ८० वर्षीया नारुदेवी बम मृत अवस्थामा फेला परेकी दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्र जोशीले बताए ।
घरभन्दा २० मिटर टाढा बमको शव फेला परेको जोशीले जानकारी दिए । मृतकको घाँटीमा निलडाम देखिएकाले हत्या गरेर शव फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।
बमको घाँटी च्यापेर हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । बमको हत्या आशंकामा प्रहरीले ५३ वर्षीय छोरालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
मृतकको प्रकृति हेर्दा हत्या जस्तो देखिने भएकाले अनुसन्धानका लागि मृतकका छोरा नरबहादुर बमलाई नियन्त्रणमा लिएको जोशीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण