यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु: ३ सय २४ पदको दरबन्दी सिर्जनादेखि भोजभतेरमा कडाइसम्म
काठमाडौं । गत साउन १९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाकाअनुसार लगानी बोर्डको कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरिएको छ ।
कोरोना संक्रमण रोक्न मास्कको प्रयोगमा कडाईका साथ लागू गर्ने, २ सयसम्म संक्रमित भएको जिल्लामा र उपत्यकामा जोर विजोरका आधारमा सवारी साधन चलाउने, जुनसुकै प्रकारको भोजभत्तेर गर्न रोक लगाउने निर्णय गरिएको छ ।
बैदेशिक व्यापारलाई सहज गर्न २१ वटा कार्यालयबाट हुने काम एकै ठाउँबाट गर्नका लागि अर्थमन्त्रालयको सिफारिसमा ७ जना राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय समेत गरिएको छ । बेरुजु फस्छर्योट समितिमा रमा जोशीलाई थप दुई वर्षका लागि मनोनयन गर्ने र नेपाल सरकार र भारत सरकारको संयुक्त रुपमा सन् २००८ अगष्टदेखि सञ्चालित केही आयोजनाको काम गर्ने समय सन् २०२३ अगष्ट सम्म थप गर्ने निर्णय समेत बैठकले गरेको छ ।
बैकठले कोरोनाका कारण रुग्न उद्योगलाई पुनरुत्थानका लागि पूर्व सचिव दीपक सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ भने सहसचिव वीरबहादुर राईलाई सचिवमा बढुवा गरिएको छ । त्यस्तै भूमि व्यवस्था मन्त्रालयको प्रस्तावमा विभिन्न क्षेत्रका आयोजनामा काम गर्न ४२ जना राजपत्राङ्कित पदको दरबन्दी सिर्जना गर्ने निर्णय भएको छ ।
शहरी विकास मन्त्रालयको प्रस्तावमा विभिन्न आयोजनामा काम गर्न २ सय १२ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णयसँगै स्वास्थ्य विमा बोर्डको अध्यक्षमा सुरेन्द्रराज उप्रेतीलाई नियुक्त गर्ने निर्णय समेत बैठकले गरेको छ । सन्धि सम्पन्न गर्ने सम्बन्धी निर्देशिका २०७६ र प्रशासकीय अदालत नियमावली २०७६ पनि स्वीकृत गरिएको छ ।
बैठकले सडक निर्माणका क्रममा टनेल प्रविधिमा जाँदा बोलपत्रमा लागत अनुमान गर्ने संहिता स्वीकृत गरेको छ भने भूकम्प प्रतिरोधी भवन संहिता पनि स्वीकृत गरेको छ । त्यस्तै, गोपनीयातको हक सम्बन्धी नियमावली पनि स्वीकृत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण