बेरुत बन्दरगाह बिस्फोट स्थलमा १४१ फिट गहिरो खाडल
बेरुत । लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा भएको बिस्फोटका क्रममा एक सय ४१ फिट गहिरो खाडल बनेको अनुसन्धानकर्ताहरुले बताएका छन् । बन्दरगाहमा भण्डारण गरिएको एमोनियम नाइट्रेट नामको रसायन गत मंगलबार बिस्फोट हुँदा १५० जनाभन्दा बढीको मृत्यु हुनुका साथै बन्दरगाह र त्यस वरपरका घरहरुमा व्यापक क्षति पुगेको थियो ।
अमेरिकी भूगर्भ इन्स्टिच्यूटले बिस्फोटबाट ३।३ म्याग्नीच्यूडको भूकम्प बराबरको धक्का महशुस गरिएको जनाएको छ । बिस्फोटका कारण कम्तीमा ६ हजार मानिस घाइते हुनुका साथै घर भत्केका कारण तीन लाखभन्दा बढी मानिस बिस्थापित भएका छन् ।
लेबनानको मुटुमा भएको यस बिस्फोटको जिम्मेवारी उच्च राजनीतिक नेतृत्वले लिनुपर्ने माग गर्दै सरकार विरोधी प्रदर्शनहरु हुन थालेका छन् । बेरुत भन्सार तथा बन्दरगाहका साथै सुरक्षा निकायहरुले बन्दरगाहमा भण्डारण गरिएको रसायन जोखिमपूर्ण अवस्थामा रहेको भन्दै तत्काल निर्णय लिन मन्त्रिपरिषदमा समेत प्रस्तावहरु यसअघि पठाएका भए पनि सरकारले बेवास्ता गर्दा ठूलो जनधनको क्षति भएको आम नागरिकको आक्रोश छ ।
फ्रान्सेली अनुसन्धानकर्तासँग मिलेर कार्य गरिरहेका लेबनानी सुरक्षा अधिकारीले एएफपीलाई भने, “बिस्फोट भएको स्थानमा झण्डै ४३ मिटर अर्थात् १४१ फिट गहिरो खाडल बनेको छ ।” फ्रान्सले घटनाको अनुसन्धान एवं उद्धारका लागि ठूलो समूह लेबनानमा परिचालन गरिसकेको छ । साथै कतार, रसिया र जर्मनीका उद्धारकर्मीहरु समेत बेरुतमा कृयाशील छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चर्चामा ‘अपरेसन सिन्दूर’ बारे जानकारी दिने दुई महिला अधिकारी
-
१० बुँदे पक्षधर बलबहादुर साम्सोहाङ र मणिशंकर पोमु निलम्बित
-
सरकारको रुचि ईपीसी मोडलको ठेक्कामा, के भन्छन् निर्माण व्यवसायी ?
-
म्यानमारबाट उद्धार गरिएका १२ जना नेपाली नागरिक स्वदेश फिर्ता
-
जमिन भासिएर गाडी बेपत्ता प्रकरण : प्रारम्भिक अध्ययन पश्चात् फर्कियो भूगर्भविद्को टोली
-
सशस्त्र प्रहरी बलको प्रवक्तामा डीआईजी कालिदास धौवजी