सञ्जय दत्त अस्पतालमा, परिवार ४ महिनादेखि दुबईमा
एजेन्सी । मुम्बईका लिलावती अस्पतालमा भर्ना भएका भारतीय अभिनेता सञ्जय दत्तको स्वास्थ्य अवस्थामा सुधार भएको छ । उनी एक दुई दिनभित्रै डिस्चार्ज हुने जनाइएको छ । सञ्जयको स्वास्थ्य अवस्थामा सुधार आइरहेको उनका घनिष्ठ मित्र फिल्म निर्देशक अजय अरोडाले जानकारी दिएका छन् ।
शनिबार राती सञ्जयको शरीरमा अक्सिजनको मात्रामा कमी देखिएलगत्तै अस्पताल भर्ना गरिएको थियो । दैनिक भास्करसँगको कुराकानीमा अजयले भने, सञ्जय(सञ्जु)को स्वास्थ्यमा त्यति धेरै समस्या थिएन । मौसमको बदलीसँगै उनको स्वास्थ्यमा केही गडबढी देखिएको हो । उनी अहिले बिल्कुल ठिक छन् । उनलाई एक दुई दिनमा अस्पतालले डिस्चार्ज गरिदिन्छ ।’
सञ्जय अस्पतालमा भर्ना भइरहँदा उनको परिवार भने दुबईमा रहेको छ । सञ्जय पत्नी मान्यता, दुबै बच्चाहरु इक्रा र शरण मार्चमा लकडाउन सुरु भएदेखिनै भारत आउन सकेका छैनन् । उनीहरु दुबईमै रोकिएका छन् । उनीहरु सञ्जयसँग फोन, भिडियो कलमार्फत सम्पर्कमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण