आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनबारे के होला निर्णय ?
काठमाडौं । मन्त्रिपरिषदको बैठक सोमबार बस्दैछ । सोमबार बेलुका ५ बजेलाई बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । आजको बैठक नियमित भएपनि कोभिड–१९ सम्बन्धी महत्वपूर्ण निर्णय हुनसक्ने ती मन्त्रीको भनाइ छ ।
बालुवाटार स्रोतका अनुसार यसअघिका निर्णय कार्यान्वयनका सवालमा केही संशोधन हुनसक्नेछ । यसअघि सरकारले भदौ १ गतेबाट हवाई उडान र लामो तथा छोटोे दुरीका सार्वजनिक यातायात खेल्ने निर्णय गरेको थियो ।
तर,पछिल्लो पटक कोरोेना भाइरस संक्रमण बढ्न पुगेपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्रले उक्त निर्णय कार्यान्वयनका लागि १५ दिन पछि सार्न सुझाव दिइसकेको छ ।
त्यस्तै भदौ १ बाटै विद्यालय भर्ना लगायतका कार्यक्रम पनि एक महिना पछि सार्ने बारेमा छलफल भएकाले त्यसबारे समेत सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गर्नसक्ने ती मन्त्रीले जानकारी दिए । सरकारले लकडाउन खुला गरेसँगै संक्रमण बढ्दै जान थालेकाले कतिपय विज्ञहरुले पुनः लकडाउन गर्न सरकारलाई सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण