धनुषाका नगराईन र मिथिला नगरपालिका एक साताका लागि बन्द
जनकपुर । धनुषाका नगराईन नगरपालिका र मिथिला नगरपालिकाले एकसताका लागि सम्पूर्ण कामकाज बन्द गर्ने भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञालाई थप एक सातासम्म निरन्तरता दिने निर्णय गरेको एक दिन नबित्दै ती नगरपलिकारुले पनि कामकाज ठप्प पारेका हुन् ।
कोरोना संक्रमण समुदायस्तरमा फैलिनबाट रोक्न धनुषाको नगराईन नगरपालिकाले नगरभित्र लकडाउन गर्ने निर्णय गरेको हो भने मिथिला नगरपालिकाले आफ्नो सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय गरेको हो । नगराईन नगरपालिकाले आजदेखि नै लागु हुने गरि साउन ३२ गते सम्मको लागि नगरक्षेत्रभित्र लकडाउन गर्ने निर्णय गरेको नगराईनका नगरप्रमुख परमेश्वर यादवले जानकारी दिए । यस अवधिमा नगरपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालय, बजार लगायत सम्पूर्ण संघसंस्था तथा कार्यालयहरु पूर्ण रुपले बन्द गर्ने निर्णय भएको प्रमुख यादवले बताए । यस अवधिमा कुनै प्रकारको मेला, सभा–समेलन, भोज भतेर लगायतको काम बन्द गर्न आग्रह गरिएको छ ।
त्यसैगरी मिथिला नगरपालिकाले कोरोना संक्रमण बढ्दै गएपछि भोलिदेखि लागू हुनेगरि एक साताका लागि नगरपालिका तथा हरेक वडा कार्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले भोलिदेखि भदौँ २ गते सम्मका लागि नगरपालिका तथा वडा कार्यालयहरु बन्द गर्ने निर्णय गरेको नगर प्रमुख हरिनारायण महतोले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनिस ला लिगा : लोपेजको दुई खेलमा बार्सिलोनाको जित
-
भारतीय निर्वाचनले जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द
-
बागमती प्रदेश : दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन
-
जेठमा ५ फिल्म रिलिज हुने : स्टारको भिडन्त, कथामा भेराइटी
-
सहकारी पीडितका पक्षमा उभिए कास्कीका राजनीतिक दल, गृहमन्त्री जिम्मेवार नभएको आरोप
-
अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित