बोहुमिन शहरको अपार्टमेन्टमा आगलागी: बच्चासहित ११ व्यक्तिको मृत्यु भएको पुष्टि
एजेन्सी । चेक गणतन्त्रको प्रहरीले बुहुमिन शहरमा स्थानीय समयअनुसार आइतबार अपार्टमेन्टको एउटा भवनमा आगलागी हुँदा तीन बच्चासहित ११ व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ । प्रहरीले घटनामा सम्लग्न रहेको आरोपमा एक जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरू गरिसकिएको बताएको छ ।
राजधानीबाट करिब ३०० किलोमिटर उत्तरपूर्वमा रहेको उक्त शहरको अपार्टमेण्टको एघारौँ तलामा जन्मोत्सव मनाइरहेको एक परिवारिक जमगठमा आगलागी हुँदा ६ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने अन्य पाँच जना आगलागीबाट बच्न अग्लो भवनबाट हाम फाल्दा ज्यान गुमाएका थिए ।
क्षेत्रीय अभियोजनकर्ता मिखाइल क्रोलका अनुसार आरोप पुष्टि भएमा पक्राउ परेका आरोपितलाई आजिवन कैद सजाय हुने बताए । उनले आरोपितलाई हिरासतमा पठाउने वा के गर्ने भन्नेबारे थप अनुसन्धानपछि बताउन सकिने उल्लेख गरे ।
प्रहरीले आगलागी भएको भवनको ११ औँ तलामा अतिप्रज्वलनशील पदार्थ भेटिएको भन्दै सुरू देखि नै घटना नियोजित भएको आशङ्का गरेको थियो । आगलागी नियन्त्रण गर्ने क्रममा दुई अग्नि नियन्त्रक, एक प्रहरी अधिकारी र उद्धारमा खटिएका अन्य १० व्यक्ति घाइते भएका थिए ।
चेक सञ्चारमाध्यमहरूले उक्त व्यक्तिले घरायसी झगडापछि उक्त तलामा आगो लगाएको हुनसक्ने भन्दै समाचारहरूमा उल्लेख गरेका छन् । मारिएका मानिसहरूमा केही सदस्य आरोपितका आफन्त रहेको पनि बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण