बोहुमिन शहरको अपार्टमेन्टमा आगलागी: बच्चासहित ११ व्यक्तिको मृत्यु भएको पुष्टि
एजेन्सी । चेक गणतन्त्रको प्रहरीले बुहुमिन शहरमा स्थानीय समयअनुसार आइतबार अपार्टमेन्टको एउटा भवनमा आगलागी हुँदा तीन बच्चासहित ११ व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ । प्रहरीले घटनामा सम्लग्न रहेको आरोपमा एक जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरू गरिसकिएको बताएको छ ।
राजधानीबाट करिब ३०० किलोमिटर उत्तरपूर्वमा रहेको उक्त शहरको अपार्टमेण्टको एघारौँ तलामा जन्मोत्सव मनाइरहेको एक परिवारिक जमगठमा आगलागी हुँदा ६ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने अन्य पाँच जना आगलागीबाट बच्न अग्लो भवनबाट हाम फाल्दा ज्यान गुमाएका थिए ।
क्षेत्रीय अभियोजनकर्ता मिखाइल क्रोलका अनुसार आरोप पुष्टि भएमा पक्राउ परेका आरोपितलाई आजिवन कैद सजाय हुने बताए । उनले आरोपितलाई हिरासतमा पठाउने वा के गर्ने भन्नेबारे थप अनुसन्धानपछि बताउन सकिने उल्लेख गरे ।
प्रहरीले आगलागी भएको भवनको ११ औँ तलामा अतिप्रज्वलनशील पदार्थ भेटिएको भन्दै सुरू देखि नै घटना नियोजित भएको आशङ्का गरेको थियो । आगलागी नियन्त्रण गर्ने क्रममा दुई अग्नि नियन्त्रक, एक प्रहरी अधिकारी र उद्धारमा खटिएका अन्य १० व्यक्ति घाइते भएका थिए ।
चेक सञ्चारमाध्यमहरूले उक्त व्यक्तिले घरायसी झगडापछि उक्त तलामा आगो लगाएको हुनसक्ने भन्दै समाचारहरूमा उल्लेख गरेका छन् । मारिएका मानिसहरूमा केही सदस्य आरोपितका आफन्त रहेको पनि बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा
-
राष्ट्रपतिका आर्थिक विज्ञको अभिव्यक्तिले शीतल निवासमा हलचल
-
१० बजे, १० समाचार
-
गृहसचिव अर्यालद्वारा विमानस्थल अध्यागमनको निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन
-
युक्रेनका थप दुई गाउँ कब्जा : रुस
-
विश्वभरका बजारबाट कोभिड खोप फिर्ता लिने एस्ट्राजेनेकाको निर्णय