बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युएई सरकारको भिषासम्बन्धी नयाँ नियम लागू

सोमबार, २६ साउन २०७७, २३ : ११
सोमबार, २६ साउन २०७७

युएई । युएईमा भिसा सम्बन्धी नयाँ नियम लागू भएको छ। अगष्ट १० तारिख देखि नयाँ नियम लागू भएको हो। भोलि अगष्ट ११ पछि टुरिष्ट भिसा अवधि सकिएका विदेशी नागरिकहरुको हकमा लाग्ने जरिवानाको समयलाई एक महिनाको लागि ग्रेस पिरीयड थप गरिएको युएई सरकारलाई उद्वत गर्दै खालिज टाईम्सले समाचार छापेको छ।युएईको फेडेरल अथोरटी फोर आइडेन्टिटी एण्ड सिटिजनसिपले भोलि अगस्ट ११ देखि लागू हुने गरि १ महिनाको ग्रेस समय थपेको हो।तर मार्च १ अघि भिजिट भिसाको म्याद सकिएकाहरुमा भने यो लागू नहुने स्पष्ट पारेको छ।

परिवर्तित नयाँ नियमअनुसार मार्च १ तारिकभन्दा अघि भिजिट भिसा समय अवधि सकिएको विदेशी नागरिकको हकमा १० अगष्टसम्म रिन्यु वा युएई छाड्नु पर्नेछ भने मार्च १ पछाडि भिसा समयअवधि सकिएकाहरुले आगामी सेक्टेम्बर १० तारिकसम्म भिसा जरिबाना लाग्ने छैन। उनीहरुले सेप्टेम्बर १० सम्म भिसा स्ट्याटस चेन्ज गर्नु पर्छ वा युएई छाड्नुपर्ने नयाँ नियम लागू भएको छ।

आजै युएई सरकारले युएई बाहिर रहेका वा छुट्टीमा घर गएका रेसिडेन्ट वा ईम्प्लोइमेन्ट भिसा भएका नागरिकहरुलाई युएई फर्कन चाहिने अनुमति पत्र आवस्यक नपर्ने बताएको छ।अबुधाबी अन्तर्राष्ट्रिय  एर्पोटबाट युएई भित्रने सबै राज्यमा ICA र GDDRFA मार्फत यात्रा अनुमतिपत्र अनिवार्य गरेको सूचना खारेज गर्दै, ११ अगष्ट २०२० देखि  यस्तो नियम लागू गरिएको हो।

युएई सरकारले गत मार्च १ बाट जुनसुकै भिसा समय अवाधि समाप्त भएका विदेशीहरुको हकमा ३१ डिसेम्बर २०२० सम्म अटोमेटिक भिसा रिन्यु हुने निर्णय परिवर्तन गर्दै भोलि अगष्ट ११ सम्मको समय अवाधि छोट्याएको थियो । तर जुलाई ११ पछिबाट भिसा समय अवधि समाप्त भएकाहरुले पुरानै नियम अनुसार २८ दिनभित्र नयाँ भिसा लगाउनुपर्ने अथवा युएई छाड्नुपर्ने जनाइएको थियो।

भिसा सकिएर नेपालमा हुनेहरुको हकमा ६ महिना भित्र युएई आउन सक्नेछन्। तर ६ महिना पार भएकाहरुको हकमा भने दुई देश बीचको हवाई यातायात सुचारु भएको एक महिनाको अवधिलाई ग्रेस पिरिअड दिएको थियो । कमर्सियल फ्लाईट खुलेको १ महिना भित्रमा यूएई आएर नयाँ भिसा लगाईसक्नुपर्ने नियम जारी गरेको थियो।

यता युएईस्थित नेपाली दूतावासले युएई सरकारलाई भिसा अवधि सकिएका आफ्ना नागरिकहरुको जरिवाना मिनाहा वा अगस्ट ११ पछि पनि कम्तिमा ३ महिनासम्म एम्नेस्टी थप गर्नको लागि अनुरोध गरेको थियो। युएई सरकारको नयाँ नियमअनुसार युएईमा रहेका हजारौं नेपालीहरुको समस्यामा १ महिनाको लागि हल भएको छ।

युएईमा रहेका घर फर्कन चाहने नेपालीहरुको पछिल्लो दूतावासको तथ्याङ्क हेर्ने हो भने चालीस हजारभन्दा बढी नेपाली स्वदेश फर्कन चाहान्छन्। फर्कन चाहानेहरु संख्या अझै बढ्ने अनुमान छ।  जसमध्ये फारम भर्ने संख्याको ३० प्रतिशत नेपालीहरु नेपाल फर्किसकेका छन् भने बाँकी युएईमा नै अलपत्र अवस्थामा छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप