करिना कपुर दोस्रो पटक आमा बन्दै
बलिउड नायक सैफ अली खान र नायिका करिना कपुर खानको परिवारमा चाँडै नै एक सदस्यको आगमन हुँदैछ । यस्तो खबर सोसल मिडिया अलि अगाडिदेखि नै चलिरहेको थियो तर अब उनको परिवार आफैंले यसबारे घोषणा गरेको छ ।
खान परिवारले बुधबार एक वक्तव्य जारी गर्दै भनेको छ, ‘हामी हाम्रो परिवारमा अर्को एक नयाँ सदस्यको पर्खाईमा छौं भनेर खबर सुनाउन पाउँदा निकै खुसी भएका छौं । हाम्रा शुभचिन्तकका माया र समर्थनका लागि सधैं आभारी छौं ।’
सैफ र करिनाले सन् २०१६ मा आफ्नो पहिलो सन्तान तैमुर अली खानलाई जन्म दिइसकेका छन् । सन् २०१८ मा करिनालाई दोस्रो सन्तान कहिले त भनेर प्रश्न सोध्दा, ‘अझै दुई वर्ष’ भनेकी थिइन् ।
स्मरण रहोस्, करिना कपुर खान सैफ अली खानकी दोस्री श्रीमती हुन् । सैफकी पहिलो श्रीमती अमृतासँग उनका दुई सन्तान (सारा अली खान र इब्राहिम अली खान) छन् ।
बुधबार सैफकी जेठी छोरी सारा अली खानको जन्मदिन हो । यो मौकामा उनले करिना कपुर दोस्रो पटक गर्भवती भएको खबरबारे जानकारी दिएका थिए ।
सोसल मिडियाको कुरा गर्ने हो भने करिना इन्स्टाग्राम प्रयोगकर्ता हुन् । सैफ कुनै पनि सोसल मिडिया पोर्टलमा छैनन् । प्रशंसकले सोसल मिडियामार्फत् नै करिना र सैफलाई बधाई दिन सुरु गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण