आलियाको ‘सडक टु’ लाई रेकर्डस्तरको ‘डिसलाइक’ किन ?
सञ्जय दत्त र आलिया भट्ट स्टारर फिल्म ‘सडक टु’ को ट्रेलर बुधबार बिहान रिलिज भयो र रिलिज भएको केही घण्टा भित्रै यसले युट्युबमा हज्जारौं डिसलाइक पायो ।
ठूलो ब्यानरका, अझै त्यसमाथि ठूल्ठूला कलाकारको नाम भएका फिल्मको ट्रेलरले डिसलाइकभन्दा लाइक बढी पाउँथ्यो । तर सडक टुमा ठिक विपरित भयो । यो समाचार तयार पर्दासम्म फिल्मको ट्रेलर ट्रेन्डिङको शीर्ष स्थानमा छ भने यसले हालसम्म ४० लाख बढी डिसलाइक पाइसकेको छ । यद्यपि, ट्रेलरले २ लाख ७२ हजार लाइकसमेत पाएको छ ।
कतिले फिल्मलाई बहिष्कार गर्नेसमेत बताएका छन् ।
यो नियोजित बहिष्कार गत जुलाई १४ तारिखमा बलिउड नायक सुशान्त सिंह राजपूतले आत्महत्या गर्नुसँग सम्बन्धित छ । ३४ वर्षे ती नायक मुम्बईस्थित आफ्नो फ्ल्याटमा झुण्डिएको अवस्थामा भेटिएका थिए । उनको मृत्युलगत्तै धेरैले उनी बलिउडको परिवारवाद र समूहवादको शिकार भएकाले डिप्रेशनको भएको बताए । तसर्थ, थुप्रैले बलिउडका नाम चलेका कलाकार र स्टारकिड्समाथि प्रहार गर्न थाले । तीमध्ये आलियाको नाम शीर्ष स्थानमा आयो ।
आलियाले कफी विद करन नामको शोमा सुशान्तबारे गरेको टिप्पणी पनि अत्यधिक चर्चामा आयो जसका कारण आलियाको निकै आलोचना भयो ।
आलिया फिल्म निर्माता करन जोहरसँग अत्यधिक नजिक भएकोले पनि उनी निशानामा परिन् । करन जोहरलाई नेपोटिजमको बढावा दिएको भन्दै सोसल मिडिया प्रयोगकर्ताले भन्न सम्म भने ।
यसका साथै ‘सडक टु’ महेश भट्टले निर्देशन गरेका हुन् । उनीमाथि पनि सोसल मिडियामा नकारात्मकता फैलाएको भन्ने आरोप लागेको छ । महेश भट्ट रिया चक्रवर्तीसँग नजिक भएको बताइन्छ । रिया चक्रवर्तीलाई सुशान्त सिंह राजपूतको मृत्युपछि विभिन्न प्रश्नले घेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण