रौतहटमा लागू औषधसहित ३ जना पक्राउ
रौतहट । रौतहटमा प्रतिबन्धित लागु औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रनिगाहपुरस्थित ईलाका प्रहरी कार्यालयको गस्ती टोलीले लागु औषधसहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तनहुँ दुलेगौडा नगरपालिका– ४ निवासी २८ वर्षीय महम्मद मुर्तुजा, कास्की पोखरा महानगरपालिकाका– ३१ निबासी ३९ वर्षीय रामबहादुर रानाभाट र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनौलका लालुदिन मिया (खान) लागुऔषसहित पक्राउ परेको डिएसपी हेमबहादुर शाहीले बताए ।
निषेधाज्ञा अवधिमा पोखराबाट ईटहरी जाँदै गरेको ग २ च ३९७५ नम्बरको कारमा कोकाकोलाको बोतलभित्र लागुऔषध लुकाएर लगिरहेको अवस्थामा चन्द्रनिगाहपुरमा गरिएको चेकजाँचको क्रममा उनीहरु पक्राउ परेको डिएसपी शाहीले जानकारी दिए ।
उनीहरुले प्रयोग गरेको कारबाट लागुऔषध ओनरेक्सको सिलबन्दी ४ थान बोतल समेत बरामद भएको छ भने नगद ५० हजार, भारतीय ५ सयको नोट ४५ हजार, अमेरिकन डलर एकको १६ थान र बिभिन्न कम्पनीको ४ थान मोवाईल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजना उपर लागुऔषध ऐनअनुसार मुद्धा प्रक्रियामा अनुसन्धान सुरु गरिएको डिएसपी शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण