रौतहटमा लागू औषधसहित ३ जना पक्राउ
रौतहट । रौतहटमा प्रतिबन्धित लागु औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रनिगाहपुरस्थित ईलाका प्रहरी कार्यालयको गस्ती टोलीले लागु औषधसहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तनहुँ दुलेगौडा नगरपालिका– ४ निवासी २८ वर्षीय महम्मद मुर्तुजा, कास्की पोखरा महानगरपालिकाका– ३१ निबासी ३९ वर्षीय रामबहादुर रानाभाट र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनौलका लालुदिन मिया (खान) लागुऔषसहित पक्राउ परेको डिएसपी हेमबहादुर शाहीले बताए ।
निषेधाज्ञा अवधिमा पोखराबाट ईटहरी जाँदै गरेको ग २ च ३९७५ नम्बरको कारमा कोकाकोलाको बोतलभित्र लागुऔषध लुकाएर लगिरहेको अवस्थामा चन्द्रनिगाहपुरमा गरिएको चेकजाँचको क्रममा उनीहरु पक्राउ परेको डिएसपी शाहीले जानकारी दिए ।
उनीहरुले प्रयोग गरेको कारबाट लागुऔषध ओनरेक्सको सिलबन्दी ४ थान बोतल समेत बरामद भएको छ भने नगद ५० हजार, भारतीय ५ सयको नोट ४५ हजार, अमेरिकन डलर एकको १६ थान र बिभिन्न कम्पनीको ४ थान मोवाईल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजना उपर लागुऔषध ऐनअनुसार मुद्धा प्रक्रियामा अनुसन्धान सुरु गरिएको डिएसपी शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्याण्डमा गाँजाको प्रयोगमा फेरि प्रतिबन्ध लगाउने तयारी
-
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको सुरक्षाबारे अमेरिकाको चिन्ता
-
कांग्रेस संसदीय दलको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
रोमाञ्चक पुनरागमन गर्दै रियल फाइनलमा
-
बागमती प्रदेश : सहमतिमा संसदीय समितिका सभापति चयन गर्ने सरकारको तयारी
-
तीन मौसमी प्रणालीको असर नेपालमा, कहाँ कहाँ हुनेछ वर्षा ?