बल्खु खोलामा पुरुषको शव फेला, हत्या आशंका
आइतबार, ३२ साउन २०७७, १३ : ५७
काठमाडौं । कीर्तिपुर नगरपालिका र चन्द्रागिरीको तीनथान जोड्ने झोलुंगे पुलमुनी एक पुरुषको शव फेला परेको छ ।
कीर्तिपुर–२ र चन्द्रागिरी–१५ को सिमानामा पर्ने बल्खु खोलाको पुलमुनी शव फेला परेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । अन्दाजी ४०–५० वर्षको उमेरका पुरुषको शव टाउकोमा चोट लागेको र दुवै हात भाँचिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
खोला किनारमा अड्किएको अवस्थामा फेला परेको शवको पहिचान हुन नसकेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी रुकेश तण्डुकारले रातोपाटीलाई जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानमा हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ । हाम्फालेर आत्महत्या गरेको पनि हुनसक्ने भन्दै प्रहरीले पहिचानका लागि सामाजिक संजालमार्फत शवको फोटो सार्वजनिक गरेको छ ।
शव पोष्टमार्टमाका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण