मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बल्खु खोलामा पुरुषको शव फेला, हत्या आशंका

आइतबार, ३२ साउन २०७७, १३ : ५७
आइतबार, ३२ साउन २०७७

काठमाडौं । कीर्तिपुर नगरपालिका र चन्द्रागिरीको तीनथान जोड्ने झोलुंगे पुलमुनी एक पुरुषको शव फेला परेको छ ।

कीर्तिपुर–२ र चन्द्रागिरी–१५ को सिमानामा पर्ने बल्खु खोलाको पुलमुनी शव फेला परेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । अन्दाजी ४०–५० वर्षको उमेरका पुरुषको शव टाउकोमा चोट लागेको र दुवै हात भाँचिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

खोला किनारमा अड्किएको अवस्थामा फेला परेको शवको पहिचान हुन नसकेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी रुकेश तण्डुकारले रातोपाटीलाई जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानमा हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ । हाम्फालेर आत्महत्या गरेको पनि हुनसक्ने भन्दै प्रहरीले पहिचानका लागि सामाजिक संजालमार्फत शवको फोटो सार्वजनिक गरेको छ ।

शव पोष्टमार्टमाका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप