विराटनगरमा थप ४३ जना कोरोना सङ्क्रमित
आइतबार, ३२ साउन २०७७, १५ : ०८
मोरङ । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना सङ्क्रमित पुष्टि भएका छन् ।
महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । सङ्क्रमित हुनेमा १९ महिला रहेका छन् । सङ्क्रमितमा विराटनगर–६ का सात जना, ३, ९, ११ र १५ का ६/६ जना , विराटनगर २ र ५ का चार/चार जना, विराटनगर ४ का तीन जना र विराटनगर ८ का एक जना रहेका छन् ।
यसअघि प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले शनिबार दिउँसो जारी गरेको विवरणमा यहाँ ४० जना सङक्रमित थप भएका थिए । सङ्क्रमितको सङ्ख्या ५२३ पुगेको छ भने निको भई घर फर्कनेको सङ्ख्या ८६ जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण