न्यूरोडका व्यापारीलाई कोरोना परीक्षण अनिवार्य
काठमाडौं । न्यूरोड क्षेत्रका व्यापारीहरुले कोरोना भाइरसको परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने भएको छ । आइतबार वडाध्यक्षसहित सो क्षेत्रका व्यवसायी संघका प्रतिनिधिहरुको बैठकले कोरोना परीक्षण गरेर संक्रमण नरहेको प्रमाणित भएपछि मात्रै बजार खोल्नुपर्ने निर्णय गरेको वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए ।
त्यसका लागि वडाले स्वास्थ्य परीक्षण गर्ने चिकित्सक टोलीलाई न्यूरोड क्षेत्रमै आएर स्वाव संकलन गर्ने व्यवस्था मिलाउनेछ । त्यसरी परीक्षण गर्दाको खर्च भने सम्बन्धित व्यापारीहरुले नै व्यहोर्नुपर्ने स्पष्ठ पारिएको छ । ‘वटु क्षेत्रमा २ जनामा कोरोना संक्रमण देखिएपछि हामीले २७ गते नै एक साताका लागि सबै पसल बन्द गर्ने निर्णय गरेका थियौं । अब ३ गतेदेखि खुल्छ । तर, अहिले जसरी ‘न्यूरोड क्षेत्रको हावापानीमै कोरोना छ’ भन्ने ढंगले प्रचार गरिएको छ, हामीले त्यसलाई चिर्नुपर्नेछ । त्यसैले पीसीआर परीक्षण गरेर मात्रै सो तयारीका लागि दुई दिन न्यूरोडका पसलहरु बन्द गर्ने निर्णय समेत गरिएको छ । यो निर्णय वडा आफैंले गरेको होइन, व्यवसायीसँग छलफल गरेरै भएको हो’ वडाध्यक्ष महर्जनले भने ।
उनले सबै व्यापारीलाई न्यूरोड बजार सुरक्षित छ भन्ने विश्वास दिलाउनेगरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण