न्यूरोडका व्यापारीलाई कोरोना परीक्षण अनिवार्य
काठमाडौं । न्यूरोड क्षेत्रका व्यापारीहरुले कोरोना भाइरसको परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने भएको छ । आइतबार वडाध्यक्षसहित सो क्षेत्रका व्यवसायी संघका प्रतिनिधिहरुको बैठकले कोरोना परीक्षण गरेर संक्रमण नरहेको प्रमाणित भएपछि मात्रै बजार खोल्नुपर्ने निर्णय गरेको वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए ।
त्यसका लागि वडाले स्वास्थ्य परीक्षण गर्ने चिकित्सक टोलीलाई न्यूरोड क्षेत्रमै आएर स्वाव संकलन गर्ने व्यवस्था मिलाउनेछ । त्यसरी परीक्षण गर्दाको खर्च भने सम्बन्धित व्यापारीहरुले नै व्यहोर्नुपर्ने स्पष्ठ पारिएको छ । ‘वटु क्षेत्रमा २ जनामा कोरोना संक्रमण देखिएपछि हामीले २७ गते नै एक साताका लागि सबै पसल बन्द गर्ने निर्णय गरेका थियौं । अब ३ गतेदेखि खुल्छ । तर, अहिले जसरी ‘न्यूरोड क्षेत्रको हावापानीमै कोरोना छ’ भन्ने ढंगले प्रचार गरिएको छ, हामीले त्यसलाई चिर्नुपर्नेछ । त्यसैले पीसीआर परीक्षण गरेर मात्रै सो तयारीका लागि दुई दिन न्यूरोडका पसलहरु बन्द गर्ने निर्णय समेत गरिएको छ । यो निर्णय वडा आफैंले गरेको होइन, व्यवसायीसँग छलफल गरेरै भएको हो’ वडाध्यक्ष महर्जनले भने ।
उनले सबै व्यापारीलाई न्यूरोड बजार सुरक्षित छ भन्ने विश्वास दिलाउनेगरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यदर्शन सहकारीको अनुसन्धान सकियो, महानगरले प्रहरीलाई बुझायो प्रतिवेदन
-
बजेटमार्फत यातायात क्षेत्रलाई सम्बोधन गर्न व्यवसायीहरूको ध्यानाकर्षण
-
प्रधानमन्त्रीलाई भेटेपछि एकीकृत समाजवादीले भन्यो, ‘अर्को सरकार बन्ने निश्चित नभएसम्म यसैलाई निरन्तरता’
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय
-
यस्तो छ शुक्रबार बस्ने संसद् बैठकको कार्यसूची
-
समाज कल्याण परिषद्को उपाध्यक्षमा माझी नियुक्त