अमेरिकाको ओहायोमा गोली चल्यो, १७ जनाको मृत्यु
एजेन्सी । अमेरिकाको ओहायो राज्यको सिनसिटीका बेग्लाबेग्लै स्थानमा भएको गोलीकाण्डमा परेर १७ जनाको मृत्यु भएको छ । आइतबार बिहान भएका फरक फरक हमलामा उनीहरुको मृत्यु भएको हो । राज्यका सहायक प्रहरी प्रमुख पाउल नउडिका अनुसार पहिलो गोलीकाण्ड ओभरदराईनमा भएको थियो । त्यहाँ भएको गोलीकाण्डमा १० जनामाथि गोली प्रहार भएको थियो । त्यहाँ २ जनाको मृत्यु भएको आशंका छ ।
त्यसपछि वालनट हिल्समा ३ जनाको गोली हानी हत्या गरिएको छ । त्यस्तै एभन्डेलमा ४ जनामाथि गोली हानेर मारिएको बताईएको छ । तर त्यहाँ २ जनाको मात्र मृत्यु भएको भन्ने खबर आएको छ, पुष्छि भैसकेको छैन । रिपोर्टहरुका अनुसार ६० देखि ९० मिनेटभित्रमा तीनवटा गोलीकाण्ड भएका छन् । यद्यपि, प्रहरीका अनुसार ती तीन घटना एकअर्कासँग सम्बन्धित होइनन् । उक्त राज्यमा सन् २०१९ को तुलनामा २०२० मा गोलीकाण्डका घटनाहरु बढेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण