अमेरिकाको ओहायोमा गोली चल्यो, १७ जनाको मृत्यु
एजेन्सी । अमेरिकाको ओहायो राज्यको सिनसिटीका बेग्लाबेग्लै स्थानमा भएको गोलीकाण्डमा परेर १७ जनाको मृत्यु भएको छ । आइतबार बिहान भएका फरक फरक हमलामा उनीहरुको मृत्यु भएको हो । राज्यका सहायक प्रहरी प्रमुख पाउल नउडिका अनुसार पहिलो गोलीकाण्ड ओभरदराईनमा भएको थियो । त्यहाँ भएको गोलीकाण्डमा १० जनामाथि गोली प्रहार भएको थियो । त्यहाँ २ जनाको मृत्यु भएको आशंका छ ।
त्यसपछि वालनट हिल्समा ३ जनाको गोली हानी हत्या गरिएको छ । त्यस्तै एभन्डेलमा ४ जनामाथि गोली हानेर मारिएको बताईएको छ । तर त्यहाँ २ जनाको मात्र मृत्यु भएको भन्ने खबर आएको छ, पुष्छि भैसकेको छैन । रिपोर्टहरुका अनुसार ६० देखि ९० मिनेटभित्रमा तीनवटा गोलीकाण्ड भएका छन् । यद्यपि, प्रहरीका अनुसार ती तीन घटना एकअर्कासँग सम्बन्धित होइनन् । उक्त राज्यमा सन् २०१९ को तुलनामा २०२० मा गोलीकाण्डका घटनाहरु बढेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगनलाई रविको चुनौती : सहकारीबाट ऋण लिएको प्रमाणित गर्नुस् राजनीति छोड्छु
-
यस्ता छन् गर्मीमा दही खानुका फाइदा
-
कांग्रेसद्वारा राष्ट्रियसभा बैठक पनि अवरुद्ध
-
गर्मीमा बिहान कति हिँडडुल गर्नुपर्छ ?
-
चाइनिज अभिनेत्री डाइना पेङ्ग नेपालमा
-
समाजमा गुणात्मक परिवर्तन गर्नसक्ने नीति तथा कार्यक्रम र बजेट आओस् : सांसद भुषाल