नयाँ नोट पाएर दङ्ग (फोटोफिचर)
काठमाडौँ । यसवर्षको दशैं तिहारलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि आजबाट नयाँ नोट वितरण गरेको छ । नयाँ नोट लिन सर्वसाधारणहरु विहानैबाट तोकिएका बैंकमा लाइन लागेका देखिन्थे ।
राष्ट्र बैंकले थापाथलीस्थित बैंकिङ कार्यालय परिसरका साथै राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकमार्फत पनि नोट सटहीको व्यवस्था मिलाएको जनाएको छ ।
राष्ट्र बैंकका अनुसार नेपाल बैंकको काठमाडौं बैंकिङ कार्यालय न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुरमा नोट साट्न सकिनेछ ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानो ठिमी, विशालबजार र नक्सालबाट तथा कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारमा यो सुविधा पाइनेछ । यी बैंकहरुबाट एक जनाले २० हजारसम्मका ५,१०,२०,५० र १०० का नयाँ नोट साट्न सक्नेछन् ।
राष्ट्र बैंकका प्रवक्ता नारायण पौडलेका अनुसार उपभोक्तालाई सहज रूपमा नयाँ नोट उपलब्ध गराउने उद्देश्यले सरकारी बैंकमार्फत नोट साट्ने व्यवस्था मिलाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण