घर-घरमा मास्क बाँड्दै अन्नपूर्ण गाउँपालिका
पोखरा । कोरोना महामारीबाट जोगिन व्यक्तिगत सुरक्षा अपनाउन अपिल गर्दै कास्कीको अन्नपूर्ण गाउापालिकाले मास्क बाड्ने अभियान थालेको छ । पालिकाले जनचेतनामुलक अभियानस्वरुप प्रतिव्यक्ति एक मास्क, साबुन र कोरोना भाइरसबारे जानकारी समेटिएको ब्रोसर बाँड्ने अभियान थालेको छ ।
गाउँपालिका अध्यक्ष युवराज कुँवरले नागरिकसामू सचेतना फैलाउनका लागि यो अभियान थालिएको बताए । ‘कोरोना भाइरस संक्रमणबाट बच्न व्यक्तिगत सुरक्षाका उपाय अपनाउनुपर्छ । औषधी पत्ता लागिसकेको छैन,’ उनले भने, ‘यस्तो अवस्थामा हामीले समुदायमा सचेतना फैलियोस् भनेर केही काम गर्ने बित्तिकै हात धुनको लागि साबुन, आवश्यक काममा बाहिर निस्किनु परे मास्क र कोरोना भाइरसबारे थप जानकारी लिनको लागि ब्रोसर बाँडिरहेका छौं ।’ पालिकाका जनप्रतिनिधि, क्लब, शिक्षक र आमा समूहमार्फत घर घरमा पुगेर स्वास्थ्य सामग्री वितरण सुरु गरिएको उनले सुनाए ।
अध्यक्ष कुँवरले आफ्नो फेसबुकमा पनि स्वास्थ्य सामग्री नपाएको खण्डमा सम्पर्क गर्न अनुरोध गरेका छन् । यसअघि पालिकाले लकडाउनमा दैनिक ज्यालादारी गरेर जिविका चलाउने परिवारलाई काम दिएको थियो । लकडाउनले काम खोसिएकाहरुलाई महानगर र अन्य पालिकाले राहत वितरण गरिरहेको बेलामा अन्नपूर्णले भने कामै दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण