ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ३४ लाख बढी, १ लाख ११ हजारको मृत्यु
एजेन्सी । कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा निकै ठूलो संख्यामा सङ्क्रमितहरु भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा मात्र ४९ हजार जना संक्रमित भेटिएका हुन् । त्यसैगरी यहाँ गएको २४ घन्टामा एक हजार बढीको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यहाँ १ हजार २०० जनाको गएको २४ घन्टामा नै निधन भएको हो ।
यहाँ यति ठूलो संख्यामा नागरिकहरु सङ्क्रमित हुन पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९ हजार जना नयाँ संङ्क्रमित थपिएसँगै यहाँ सङ्क्रमितको संख्या पनि निकै बढेको छ ।
यहाँ अघिल्लो दिनको तुलनामा संक्रमितको संख्या निकै नै बढेको हो । प्राप्त समाचारमा अघिल्लो दिन ४७ हजार जनामा संक्रमण देखिएकोमा २४ घन्टायता त्यो २ हजारले बढेर ४९ हजार पुगेको हो । अहिलेसम्म यहाँका संक्रमितको संख्या ३४ लाख ५६ हजार जना पुगेको बताइएको छ । यहाँका २६ लाखभन्दा बढी नागरिक भने निको भएर घर फर्किएका छन् ।
योसँगै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ११ हजारभन्दा बढी पगेको बताइएको छ । यस संक्रमणबाट विश्वमा २ करोड २६ भन्दा बढी नागरिक संक्रमित भएका छन् भने ७ लाख ९१ हजारभन्दा बढीको ज्यान गइसकेको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण