ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ३४ लाख बढी, १ लाख ११ हजारको मृत्यु

एजेन्सी । कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा निकै ठूलो संख्यामा सङ्क्रमितहरु भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा मात्र ४९ हजार जना संक्रमित भेटिएका हुन् । त्यसैगरी यहाँ गएको २४ घन्टामा एक हजार बढीको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यहाँ १ हजार २०० जनाको गएको २४ घन्टामा नै निधन भएको हो ।
यहाँ यति ठूलो संख्यामा नागरिकहरु सङ्क्रमित हुन पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९ हजार जना नयाँ संङ्क्रमित थपिएसँगै यहाँ सङ्क्रमितको संख्या पनि निकै बढेको छ ।
यहाँ अघिल्लो दिनको तुलनामा संक्रमितको संख्या निकै नै बढेको हो । प्राप्त समाचारमा अघिल्लो दिन ४७ हजार जनामा संक्रमण देखिएकोमा २४ घन्टायता त्यो २ हजारले बढेर ४९ हजार पुगेको हो । अहिलेसम्म यहाँका संक्रमितको संख्या ३४ लाख ५६ हजार जना पुगेको बताइएको छ । यहाँका २६ लाखभन्दा बढी नागरिक भने निको भएर घर फर्किएका छन् ।
योसँगै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ११ हजारभन्दा बढी पगेको बताइएको छ । यस संक्रमणबाट विश्वमा २ करोड २६ भन्दा बढी नागरिक संक्रमित भएका छन् भने ७ लाख ९१ हजारभन्दा बढीको ज्यान गइसकेको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा पहिलोपटक रोयल टुलिप होटल उद्घाटन, दक्षिण एसियामा लुभ्र समूहको उपस्थिति विस्तार
-
श्रेष्ठको कृति 'प्राग् इतिहासः आदिम सभ्यता' सार्वजनिक
-
दलतन्त्र विरूद्ध न्यायप्रेमी आम नागरिक एक जुट होऔँ : प्रभु साह
-
संसद्मा रास्वपाको ‘दोहोरो चरित्र’ : सत्तापक्ष बोल्दा नाराबाजी, माओवादी बोल्दा चुपचाप
-
बजेट ल्याएको भोलिपल्ट कर्णालीका अर्थमन्त्रीले भने - कार्यकर्ताहरू कति रिसाउने हो थाहा छैन
-
धवल शमशेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश