गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा शनिबार थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कास्की १६ नवलपुरमा तीन, तनहुँ दुई, स्याङजाका दुई र बागलुङका एक जनामा कोरोना सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ८६८ पुगेको छ ।
डा शर्माका अनुसार गण्डकी प्रदेशमा अहिलेसम्म एकहजार ५९२ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म सात जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशका नौ जिल्लाका अस्पतालका आइसोलेशनमा २६९ जना रहेका छन् ।
हाल आइसोलेशनमा सक्रिय रहेका २४७ केश छन् । क्वारेन्टिनमा एक हजार ८४ जना रहेका छन् । त्यसैगरी भारतबाट १२ हजार ९१५ र तेस्रो मुलुकबाट ६ हजार १९८ गरी जम्मा १९ हजार ११३ प्रदेश भित्रिएको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सदरमुकामकै सडक एक दशकदेखि जीर्ण
-
युइएफए नेसन्स लिग: दोस्रो पटक विजेता बन्यो पोर्चुगल
-
हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ: प्रमुख खापुङ्ग
-
वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न