गान्धीको चश्मा चार करोड सात लाखमा लिलामीः चश्माका मालिकले भनेका थिए, ‘मन नपरे फ्याँकिदिनु’
बेलायतमा महात्मा गान्धीको सुनको जलप लगाइएको चश्मा लिलामीमा २.६ लाख पाउन्ड (चार करोड सात लाख रुपैयाँ) मा बिक्रि भएको छ । शुक्रबार ईस्ट ब्रिस्टल अक्सन हाउसले इन्स्टाग्राममा चार हप्ताअघि आफ्नो लेटरबक्समा उक्त चश्मा भेटेको जानकारी दिएको छ । अक्सन हाउसले भनेको छ, ‘यसलाई कोही व्यक्तिले राखेर गएका थिए । चश्मा राखेर जाने व्यक्तिका काकालाई गान्धी आफैंले उक्त चश्मा उपहारमा दिएका थिए ।’
गान्धीले आफ्ना सामान त्यस्ता व्यक्तिलाई दिन्थे जसलाई ती वस्तुको अत्यधिक आवश्यकता पर्दथ्यो । लिलामी घरका अनुसार गन्धीले उक्त चश्मा सन् १९२० वा १९३० को दशकमा दक्षिण अफ्रिकामा बेलायती पेट्रोलियममा काम गर्ने एक व्यक्तिलाई दिएका थिए । चश्माको लिलामीबाट १५ हजार पाउन्ड पाइने आशा गरिएको थियो ।
‘मन नपरे फ्याँकिदिनु’
जुन व्यक्तिसँग चश्मा थियो लिलामीकर्ता एन्ड्र्यू स्टोवले उनीसँग भएको कुराकानीबारे जानकारी दिएका छन् । स्टोवका अनुसार ती व्यक्तिले भनेका थिए, ‘यदि तपाईंहरुलाई चश्मा मन पर्दैन भने तपाईंले यसलाई फ्याँक्न पनि सक्नुहुन्छ । ’
स्टोवले थपे, ‘मैले चश्माको लिलामी १५ हजार पाउन्डसम्म हुनसक्छ भन्दा उनी अचम्मित परेका थिए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण