कोमामा छन् किम जोङ उन, बहिनीले सत्ता सम्हाल्नेः दक्षिण कोरियाका पूर्व कूटनीतिज्ञको दाबी
उत्तर कोरियाली शासक किम जोङ उनको स्वास्थ्यबारे पुनः एकपटक चर्चा भइरहेको छ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति किम डे–जंगका अधिकारी भइसकेका पूर्व कूटनीतिक चाङ्ग सोङ्–मिनले किम जोङ उन कोमामा भएको दाबी गरेका छन् ।
वास्तवमा पछिल्लो केही समयदेखि किम जोङ उनको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी र दाबी गरिएको थियो तर उनी अचानक सबैको अगाडि स्वस्थ रुपमा देखापरे । अब दक्षिण कोरियाका पूर्व कूटनीतिज्ञद्वारा यस्तो दाबी गरिएपछि उनको स्वास्थ्यबारे पुनः चर्चा सुरु हुन थालेको हो ।
डेली मेलको एक रिपोर्ट अनुसार स्थानीय मिडियासँग कुराकानी गर्दै दक्षिण कोरियाका पूर्व कूटनीतिज्ञले किम जोङ उन कोमामा भएको तर उनको जीवन अन्त्य भने नभएको बताएका छन् ।
उनका अनुसार किमका ३३ वर्षीया बहिनी किम यो–जोङ दाइका केही शक्तिसहित सर्वोच्च पदमा रहेकी छिन् ।
‘अहिले नै एक पूर्ण उत्तराधिकार संरचनाको गठन नगरिएका कारण उनकी बहिनीलाई अगाडि सारिएको हो,’ उनले भने ।
किमले बिहिबार सरकारी कार्यक्रममा आफ्नो उपस्थिती जनाएको तस्बिर उत्तर कोरियाली मिडियाले सार्वजनिक गरेता पनि चाङले यस्तो दाबी गरेका हुन् । यद्यपि, रोयटर्सका अनुसार उक्त तस्बिर स्वतन्त्ररुपमा पुष्टि हुन नसक्ने बताएको छ ।
अघिल्लो हप्ता किम जोङ उनले आफ्नी बहिनीलाई सत्ताको दोस्रो स्थान प्रदान गरेको दाबी गरिएको थियो । उत्तर कोरियाको अर्थव्यवस्थाको विषयमा किम जोङ उन असाध्यै तनावमा भएको र यसैकारण उनले अमेरिकासँग सम्बन्ध सुधार्ने महत्वपूर्ण जिम्मेवारी आफ्नी बहिनीलाई दिएको खबर प्रकाशित भएको थियो ।
३६ वर्षे किम जोङलाई यसवर्ष सार्वजनिक कार्यक्रममा निकै कम देखियो । अप्रिलमा उनको मुटुको शल्यक्रिया गरिएको र उनको स्वास्थ्य अत्यधिक नाजुक पनि बताइएको थियो । कतिले त उनको मृत्यु नै भइसकेको अनुमानसमेत गरेका थिए ।
यी खबर तथा अनुमान त्यतिबेला फेल खायो जब मे महिनामा उत्तर कोरियाली शासकले एक कारखानाको उद्घाटनको क्रममा रिबन काटिरहेको तस्बिर सार्वजनिक भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
