मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

जापानका प्रधानमन्त्री आबेले ऐतिहासिक रेकर्ड राख्दै

सोमबार, ०८ भदौ २०७७, १३ : २७
सोमबार, ०८ भदौ २०७७

टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबे जापानको इतिहासमै सबैभन्दा लामो अवधिसम्म लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति भएका छन् । तर कोरोनाभाइरसका कारण कुनै औपचारिक समारोह गर्नुको साटो प्रधानमन्त्री आबे दोस्रो पटक स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन् ।

सन् २०१२ को अन्त्यतिर दोस्रो कार्यकालका लागि चुनिएका प्रधानमन्त्री आबे सोमबारसम्ममा लगातार २ हजार ७७९ औं दिन प्रधानमन्त्री पदमा रहन सफल भएका हुन् । यसअघि सन् १९६४ देखि १९७२ सम्म तत्कालीन प्रधानमन्त्री आइसाकु सातोले लगातार २ हजार ७९८ दिन प्रधानमन्त्री पदमा रहेर यो सफलता प्राप्त गरेका थिए । तर आवेको प्रधानमन्त्री हुने कार्यकाल केही वर्ष अझै छ । त्यसैले पनि सातोको रेकर्ड उनले तोड्न थालेका छन् ।

अर्को महिना ६६ वर्षमा प्रवेश गर्नुहुने आबेले गत वर्षको नोभेम्बरमै देशको सर्वाधिक लामो अबधिसम्म प्रधानमन्त्री हुने रेकर्डको समयसीमा पार गर्न सुरु गरिसकेका थिए ।  स्वास्थ्यका कारण प्रधानमन्त्री आबेको पहिलो कार्यकाल १३ वर्षअघि एकाएक अबरुद्ध भएको थियो । त्यसबखत उनी एक वर्षमात्र प्रधानमन्त्रीमा रहेका  थिए । अहिले पनि उनको स्वास्थ्य अवस्थामा समस्या उत्पन्न हुन थालेको छ । पछिल्लो एक साताको अवधिमा उनी दोस्रोपटक सोमबार स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन् ।

दोस्रोपटक अस्पताल पुग्नेक्रममा संवाददाताहरुसँग कुरा गर्दै प्रधानमन्त्री आबेले आफू अघिल्लो पटक गरिएको स्वास्थ्य परीक्षणको नतिजा बुझ्न र थप परीक्षण गराउन आएको प्रतिक्रिया दिए । उनले भने, “मेरो स्वास्थ्य अहिले ठीक छ, र म अझ कडा मिहिनेत गर्न चाहन्छु ।” अघिल्लो सोमबार प्रधानमन्त्री आबेले टोकियोस्थित कियो युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षणका लागि सात घण्टा बिताएका थिए । जापानी संचार माध्यमहरुले प्रधानमन्त्री आबेको स्वास्थ्य निरन्तर खस्किदै गएको अनुमान गरेका छन् । 

आबेको मन्त्रिपरिषदका वरिष्ठ सदस्यहरु एवं अर्थमन्त्री तारो आसो समेतका सत्तारुढ दलका नेताहरुले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आरामको जरुरत रहेको बताएका छन् । प्रधानमन्त्री कार्यालयको समाचार संकलन गर्ने संचारकर्मीहरुले प्रधानमन्त्री आबे निकै थकित देखिन थाल्नुभएको र विगतको जस्तो फुर्तिलोगरी हिँड्न नसक्ने अवस्थामा पुग्नु भएको बताएका छन् ।   गत साता प्रधानमन्त्री आबेले कार्यालयमा निकै कम समय दिएका थिए । –एपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप