शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा बगेर २ बालक बेपत्ता

मङ्गलबार, ०९ भदौ २०७७, १९ : २७
मङ्गलबार, ०९ भदौ २०७७

दैलेख । कर्णाली नदीमा बगेर दुई बालक बेपत्ता भएका छन् । पश्चिम दैलेखको आठबीस नगरपालिका–४ का दुई बालक देव भन्ने ठाउँमा नुहाउने क्रममा आज दिउँसो १ बजे बेपत्ता भएका हुन्  । बेपत्ता हुनेमा  १४ वर्षीय भरत माझी र १३ वर्षीय विनोद माझी रहेको इलाका प्रहरी कार्यालय राकमले जनाएको छ ।
 
कर्णाली नदीमा बगेर बेपत्ताको खोजीका लागि राकम कर्णाली ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटाईएको र खोजी कार्य तिब्र पारिएको जिल्ला  प्रहरी प्रमुख डिएसपी हरिबहादुर वलीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप