सैफ अली खानको आत्मवृत्तान्त आउँदै
फिल्म उद्योगमा दुई दशकभन्दा बढी समय बिताएपछि सैफ अली खान अर्को वर्ष आफ्नो आत्मवृत्तान्तलाई दर्शकमाझ पस्कनेछन् । यसका लागि उनले हार्पर कलिन्ससँग सम्झौता गरेका छन् । उक्त आत्मवृत्तान्तमा उनको फिल्म र नीजि जीवनबारे जानकारी हुने बताइएको छ । सैफले पहिलो पटक आफ्नो नीजि जीवनबारे खुलासा यसमार्फत् गर्नेछन् ।
सैफले आफ्नो घर, परिवार, सफलता, विफलता र त्यसको आफ्नो जीवनमाथि परेको प्रभाव र प्रेरणाबारे पनि खुलासा गर्नेछन् । यसको पुष्टि उनी आफैंले गरेका छन् । सैफ अली खानले भनेका छन्, ‘धेरै कुरा परिवर्तन भए र समयसँगै यदि हामीले यसलाई दस्तावेजमा परिणत गरेनौं भने याद, यात्रा, उतार–चढावसँग जोडिएका कुरा कतै हराउनेछन् । यसै कारण आत्मवृत्तान्त ल्याउने निर्णय गरेको छु ।’
‘स्मरणको मार्गमा हिँड्नु निकै रमाइलो हुनेछ । मेरा बारे कति कुरा भनिएका छैनन्, कति कुरा सार्वजनिक भएका पनि छैनन् । यस्ता कुरालाई हरसम्भव जानकारी दिने प्रयास गर्नेछु । मलाई आशा छ अरु मानिसहरुले पनि निश्चित रुपमा पुस्तकको आनन्द लिनेछन् ।’
सैफले ५० बढी फिल्ममा अभिनय गरेका छन् र आफ्नो कामका लागि राजिव गान्धी पुरस्कार, पद्म श्री र राष्ट्रि फिल्म पुरस्कारबाट उनलाई सम्मानित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा छ : सञ्चारमन्त्री शर्मा
-
अशोक राई जसपा संसदीय दलको नेता बन्ने
-
श्रीमान्–श्रीमतीबिच हुने विवाद न्यूनीकरण गर्न परिवार संवाद कार्यक्रम
-
हाउसफुल ५ मा अभिषेक बच्चनको इन्ट्री
-
चीनको अस्पतालमा चक्कु प्रहार घटना, २ को मृत्यु २३ घाइते
-
कांग्रेसको जिकिर : विश्वासको मतका लागि धारा १८८ को मात्र प्रयोग हुन्छ (रिट निवेदनसहित)