एनआइसी एशिया बैंकको ‘क्यूआर रिफर एण्ड अर्न’ योजना: यसरी कमाउन सकिन्छ क्यूआर मर्चेन्टबाट
काठमाडौं । एनआइसी एशिया बैंकले समयअनुरुप विभिन्न योजनाहरू ल्याउने क्रममा नयाँ क्यूआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने ‘क्यूआर रिफर एण्ड अर्न’ योजना ल्याएको छ । यस बैंकका क्यूआर मर्चेन्ट तथा ग्राहकहरूले भदौ र असोज महिनाभर उक्त योजनामा सहभागी जनाउन सक्नेछन् ।
यस योजनामा बैंकसँग रहेका क्यूआर मर्चेन्ट एवं ग्राहकहरूले उक्त २ महिनाको अवधीमा नयाँ क्यूआर मर्चेन्ट रिफर गरी उक्त नयाँ क्यूआर मर्चेन्टले यस योजना अवधिमा बैंकमा चालु खाता खोलेर क्यूआरमा आबद्ध भएमा रिफर गर्ने क्यूआर मर्चेन्ट एवं ग्राहक महानुभावहरूलाई बैंकले प्रति रिफर मर्चेन्ट सात सय ५० खुद रकम प्रदान गर्नेछ । साथै, सो २ महिनाको अवधिमा सबैभन्दा बढी नयाँ मर्चेन्ट रिफर गरी क्यूआर मर्चेन्टहरू बैंकमा आबद्ध गराउने १० जनालाई थप जनही ५० हजार रकम प्रदान गरिने समेत व्यवस्था गरिएको छ ।
स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै क्यूआर पेमेन्टबाट भुक्तानी गर्ने ग्राहकहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको छ । यसैबीच बैंकले विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकहरूलाई आकर्षित गरी मुलुकलाई क्यासलेस इकोनोमी बनाउन सहयोग पु¥याउन यस योजनालाई बैंकले अगाडी बढाएको हो ।
डिजिटल बैंङ्किङ क्षेत्रमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय रहेको महशुस गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न हालसम्म देशभर १५ हजार भन्दा बढी क्यूआर मर्चेन्टहरू खडा गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।
यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंङ्किङ वा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।
यस बाहेक बैंकले हाल प्रत्येक हप्ता ‘ह्याप्पी आवर’ योजना सफलतापूर्वक सञ्चालन गरिरहेको छ । जसमार्फत प्रत्येक शुक्रबार बेलुकी ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म ग्राहकहरूले मोबाइल बैंकिङ्गमार्फत कारोबार गर्दा थप ५ प्रतिशत रकम फिर्ता प्राप्त गर्न सक्नेछन् । त्यसैगरी ‘सुपर सिक्स योजना’मार्फत ग्राहकहरूले भदौ २७ गतेसम्म मोबाइल बैंङ्किङबाट हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा पाँच सयसम्म रकम फिर्ता प्राप्त गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण