मल ढुवानीमा संलग्न चालक र सहचालकलाई आइसोलेसनमा राखिने
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले मल आयात, ढुवानी तथा वितरणका लािग कोभिड–१९ सम्बन्धी सुरक्षा विधि सार्वजनिक गरेको छ । मन्त्रालयले बन्दरगाहदेखि भन्सार विन्दुसम्म मल ढुवानीमा संलग्न व्यक्तिहरु, भन्सार विन्दुमा खटिने कामदार तथा कर्मचारी, सहकारी तथा अन्य विक्रेताहरुलाई कोरानासम्बन्धी सुरक्षा अपनाउन आग्रह गर्दै सुरक्षाविधि सार्वजनिक गरेको हो । मन्त्रालयको कृषि सामाग्री व्यवस्थापन तथा प्रविधि शाखाले जारी गरेको सूचनामा मल ढुवानीमा संलग्न चालक, सहचालक र सहयोगीहरुको प्रि स्क्रिन टेस्ट तथा व्यक्तिगत अभिलेख राख्न समेत निर्देशन दिइएको छ ।
सूचनामा सबैलाई माक्स, पञ्जा आदिको प्रयोग गरी सावुन पानीले समयमा हात धुन तथा स्यानिटाइजरको प्रयोग गर्न र कम्तीमा २ मिटर भौतिक दुरी कायम गर्न आग्रह गरिएको छ । त्यस्तै ढुवानीमा प्रयोग गरिएका सवारी साधन तथा अन्य सामाग्रीहरु सरसफाइ गरी डिसइन्फेक्ट गर्ने, ढुवानीमा संलग्न चालक, सहचालक र अन्य सहयोगीहरुलाई आइसोलेशनमा राख्न तथा कोरोनाको शंका लागेमा तत्काल परीक्षण गरी चिकित्ससको निर्देशनअनुसार काम गर्न सुरक्षा विधिमा आग्रह गरिएको छ ।
त्यस्तै सूचनामा भन्सार विन्दुमा खटिने कामदार तथा कर्मचारीहरुलाई आँखा, नाक, मुख तथा अन्य अंग नछुन आग्रह गर्दै खोक्दा वा हाच्छ्युँ गर्दा टिस्यु वा रुमालले नाक मुख छोप्न र समय समयमा साबुन पानीले हात धुन भनिएको छ ।
उता, आयात निर्यात विन्दुमा कार्यरत कर्मचारीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड १९ रोगबाट अपनाउनुपर्ने सुरक्षा विधिको पालन गर्न समेत आग्रह गरिएको छ । साथै सहकारी तथा अन्य विक्रेताहरुलाई मल वितरण गर्दा कार्यालयमा भिडभाडको स्थिति हुन नदिनको लागि मल वितरण कार्यतालिका तयार गरी लागु गर्न समेत आग्रह गरिएको छ । सोको जानकारी इमेल, टेलिफोन, एसएमएस वा अन्य माध्यममार्फत सम्बन्धित सहकारी तथा विक्रेतालाई जानकारी गराउने सुरक्षा विधिमा उल्लेख गरिएको छ ।
मल लिने सहकारी तथा विक्रेताहरुले निर्धारित दिन र समयमा पुगि मल लैजाने व्यवस्था गर्ने, कार्यालयमा रहेको क्यान्टिनको प्रयोगलाई निरुत्साहित गर्ने, प्रयोग गर्नै परे सुरक्षात्मक विधिहरु अपनाई सञ्चालन गर्ने साथै दैनिक ज्यालादारी कर्मचारीहरुको व्यवस्थापन गर्दा सानो समूहमा तथा संक्रमण नभएको समुदायबाट मात्र परिचालन गर्ने सुरक्षा विधिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण